कार्तिक ११ मोरँग ।
रँगेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीलाइ पति शोक परेको छ । उनका श्रीमान्, ६२ वर्षीय गाणेश प्रसाद निरौलाको शनिबार बिहान दिल्ली स्थित म्याक्स अस्पतालमा निधन भएको परिवारले जनाएको छ। तीन महिनादेखि जन्डिसबाट पीडित निरौलाको दिल्लीस्थित म्याक्स अस्पतालमा उपचार भइरहेको थियो। कलेजो प्रत्यारोपणको तयारीमा रहेकी पराजुलीले सोमबार कलेजो दान गर्ने योजना बनाएकी थिइन्, तर सिकिस्त अवस्थाका कारण उनलाई भेन्टिलेटरमा राख्नुपरेको थियो ।

उनको पार्थिव शरीर लाई अन्तिम संस्कारका लागि रंगेली ल्याइँदैछ । आज दिउसो ३ बजे रंगेली स्थित तिरुपति आर्यघाटमा निरौलाको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।