पुस ६ गौरीगञ्ज । झापाको गौरीगञ्ज १ र शिबसताक्षी ४ को सीमामा रहेको रँगीयाथान बजारमा झापाकै पुरानो बजार हो । शिबसताक्षीको शिबगञ्ज बजार स्थापना हुनु अघि सो क्षेत्रमा रँगीयाथान बजार नै ब्यापारिक केन्द्रका रुपमा गुल्जार रहेको कुरा स्थानीय जेष्ठ नागरिकहरु सँझन्छन् । माओवादी द्वन्द्वकाल अघि सम्म चोरी डकैती जस्ता अपराधिक घटनाहरुमा बृद्धि हुन थालेपछी पछि सुरक्षा ब्यबस्थाको अभाबका कारण यो बजार बिस्तारै सुक्दै गयो र शिबगञ्ज बजार गुल्जार हुदै गयो ।
स्थानीय सरकारको स्थापना पछी गाउँगाउँमा सिँह दरवारको अधिकार आएको करिब ५ बर्ष पछी यहाका स्थानीय जनता हरुले यस क्षेत्रमा सुरक्षा निकायको उपस्थितीका लागि जुर्मुराउन थालेका छन् । स्थानीय निलम मैनाली भन्छन् । सुरक्षा निकायको उपस्थिती बिना यस बजारमा न त कुनै बित्तिय सँस्था खुल्न सकेका छन् न त कुनै सँघ सँस्थाहरु नै यस क्षेत्रमा शाखा बिस्तार गर्न सकेका छन् । सुरक्षा अभाबकै कारण ठुला ब्यापारिहरु समेत यस क्षेत्रमा ब्यापार गर्न आउन मान्दैनन् । त्यसैले यस क्षेत्रमा अस्थायी नै भएपनि प्रहरी चौकी स्थापना हुनु जरुरी छ ।
यस बिषयमा गौरीगञ्ज वडा नँ १ का वडाध्यक्ष कार्तिकलाल राजवँशीले पनि चासो देखाएका छन् । बुधबार रँगियाथान बजारमा वडाध्यक्ष राजवँशीको अध्यक्षतामा बसेको गौरीगञ्ज १ र शिबसताक्षी ४ का स्थानीयहरुको भेलाले सो स्थानमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि नेपाल सरकार सँग माग सहितको पहल गर्ने निर्णय गरेको छ । वडाध्यक्ष राजवँशी भन्छन् ‒ यो बजारको बाटो हुदै तस्करी समेत बढेकाले यस क्षेत्रमा अस्थायी प्रहरी चौकी राख्न जरुरी छ । शिबसताक्षी नगरपालिका वडा नँ ४ सँगको सहकार्यमा यस क्षेत्रमा चौकी स्थापनाका लागि हामी जोडदार पहल गर्छौ ।
यो प्रारम्भिक चरणको छलफल भएकाले शनिबार ८ बजे पुन ब्यापक छलफल गर्ने गरि अर्को छलफल डाकीएको कुरा उनले बताएका छन् ।