रबिन्द्र बराल ।
मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्षी पोखरी मा प्रत्येक बर्षकाे बैशाख १ गते सिरुवा पर्व को अबसरमा लाग्दै आएको मेला काेराेना भाइरसका कारण यो बर्ष पनि लाग्न सकेन । सुनबर्सी पोखरीमारहेको महाराज थानमा हरेक वर्ष सिरुवा पर्व को अबसरमा बिशेष पुजा हुदै आएकोमा यस वर्ष सामान्य पुजा गरिएकोछ ।‌ दोश्रो लहरको कोरोना महामारी फैलिदै गएकाले स्वास्थ्य सुरक्षाको कारण देखाउदै सुनवर्सी पोखरी र महाराज थान वरिपरि मेला लाग्ने नदिएपछि मेला भर्न गएका हरु बक्रा खोला माथी बनाइएको झोलुङ्गेपुल र बक्रा खोला वरीपरी घुमेर फर्किएका छन् ।

बिश्वब्यापी रुपमा दाेस्राे चरणमा काे काेराेना भाईरसका काे लहर बडदै गएपछि यस बर्ष पनि तराईमा बैशाख १ गतेदेखि लाग्दै अएकाे सम्पुर्ण मेला हरु सम्पुर्ण नगरपालिकाले ले भिडभाड हुने स्थानमा कडाइ गर्ने थालेको छ । प्रत्येक बर्ष बैशाख १ गते का दिन तराईका विभिन्न स्थानमा रहेका महाराज थान हरु झकिझकाउ र सुन्दर बनाउदै आईरहेता पनि गत बर्ष देखि भने सबै महाराज तथा ग्राम थानहरु सुनसान हुने गरेको र सामान्य पुजापाठ मात्रै हुदै आईरहेकाे छ ।

बिज्ञापन

सुनवर्सि महारज थानमा विशेष गरेर आफ्नो मनाेकामना पूरा भए पछि माटोको हात्ती, कुण्ढेला (बिशेष प्रकारको वनस्पति)बाट बनाइएको फुलघाेडा बडिमात्रामा चडाउने गरेका छन । तराईमा बसाेवास गर्ने आदिवासीे ताजपुरिया, गनगाई, राजवंशी, थारु, माझी, चौधरीलगायतले आफना कुलदेवता काे रुपमा सुनवर्षी महाराजको ग्रामथानमा बैशाख १ गते विशेष पुजा गर्ने गर्दछन । वैशाखभरि माेरङ तथा झापाकाे दक्षिणी भेगमा विभिन्न थानमा मेला हुने प्रचलन समेत रहेको छ ।उक्त मेलामा पूर्वी तराईको झापा,मोरङ र सुनसरी तथा भारतबाट समेत मानिसहरु आउने गर्दछन् । सुनवर्षी महारजाको ग्राम पूजा अर्चाना गरेमा आफूले चिताएको मनोकामना पूरा हुने जनविश्वास रहेको समिति का अध्यक्ष कुमार बुडाथाेकी ले बताए । उनलेे भने गत बर्ष र यस बर्ष मंन्दिरमा विशेष पुजा नहुदा र मेला नलाग्दा समिति लाई ५ लाख रुपैयाँ सम्म घाटा लागेको बुडाथाेकी ले बताए । ५० वर्षअगाडि देखि उक्त स्थान मा रहेको पोखरीमा रहेको गोहीले भक्तजनहरुलाई भाँडाकुँडा दिने र परापूर्वकालमा विवाह बटुलोका बेला भाँडाकुँडा र गहना चाहिएमा यस पोखरीसँग माग्दा पोखरीबाट निस्कने गर्दथ्यो भन्ने किम्बदन्ती पनि रहेको पाईन्छ ।तीन विघा १२ कठ्ठा क्षेत्रफलमा सुनवर्षी महाराजको ग्रामथान रहेको छ । जसमा २ विघामा पोखरी देख्न सकिन्छ । सुनवर्षीमहाराज ग्रामथान संरक्षण समितिका अध्यक्ष बुडाथाेकी ले भने यो ठाउँ धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको बताउँदै यसको संरक्षण र विकास नै हाम्रो चासो हो ।’’ उनले सुनवर्षीमा वर्षैभरि धार्मिक पर्यटक भित्र्याउने वातावरण स्थानीय रुपमा बनाउने प्रयार थालिएको बताए ।