माघ ७ गौरीगञ्ज । झापाको गौरीगञ्ज गाउँपालिका ले आफ्नो आठौँ गाउँसभा सम्पन्न गरेको छ । बुधबार बसेको गाउँपालिका को आठौँ गाँउसभाले थप र रकमान्तर गरिएका बिभिन्न २१ वटा योजनामा बजेट समायोजन गर्ने भएको छ ।
गाउँसभा को उद्घाटन सत्रमा स्वागत मन्तब्य राख्दै गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापा ले हाल केन्द्रिय सरकार मैसाँसद बिघटन भएको अवस्थामा अन्योलता रहेको र त्यसको असर स्थानिय सरकारहरुको बजेट बिनियोजन तथा कार्यसञ्चालन मा समेत पर्ने कुरा बताएका थिए । कर्मचारी हरुका तर्फबाट मन्तब्य राख्दै शाखा अधिकृत बिरेन्द्र खड्का ले जनप्रतिनिधि र कर्मचारी हरुबिचको सम्बन्ध नङ र मासु जस्तो हुनु पर्ने र कर्मचारी हरुलाइ तालिमको ब्यवस्था गरि कार्यालय को सेवा प्रवाह प्रबिधि मैत्रि बनाइनुपर्ने मा जोड दिएका थिए ।
वडा सदस्य हरुको तर्फ बाट बोल्दै उदिम राइले गाउँपालिका कार्यालय र बडा कार्यालय हरुबाट अझै पनि सेवाग्राही हरुले सुसासनको प्रत्याभूति गर्न नपाएको कुरा बताएका थिए ।
कार्यपालिका सदस्य राधा अधिकारी ले जनप्रतिनिधि हरुले सबै कमि कम्जोरी हरु सच्याएर अघि बढ्नुपर्ने बताए ।
उद्घाटन सत्रमा बोल्दै वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी ले खजुरगाछी बजारमा शहरी विकासका लागि डिपिआर भएको बेला वडा नँ १ को कुञ्जिबारी बजारका जनताले त्यो सुबिधा नपाएको कुरा बताए । त्यसै गरि वडा नं २ का वडाध्यक्ष अघनु प्रसाद राजवँशीले कतिपय कार्यपालिका बैठकका निर्णयहरु फेरिने गरेको र गाउँसभा का निर्णयहरु समेत अक्षरस पालना नहुने गरेकोमा अधमयक्षको ध्यानाकर्षण गराएका थिए ।
वडा नँ ३ का वडाध्यक्ष मखना महतोले गाउँपालिका को कार्र सञ्चालन का लागि अझ कतिपय ऐन हरु निर्माण हुन नसकेको गुनासो गरेका थिए भने वडा नँ ४ का वडाध्यक्ष कुल प्रसाद गिरी ले गाउँपालिका ले योजना बाँडफाँडमा कतिपय वडाहरुलाइ बेवास्ता गरेको बताएका थिए । त्यसैगरी वडा नँ ५ का वडाध्यक्ष बिजय प्रसाद सिंह गन्गाई ले गाउँपालिका ले बजेट बाडँफाडँ वडा नँ ५ लाइ अवहेलना र बेवास्ता गरेको बताए । उनले वडा को सिमावर्ति बस्तिहरुमा मोवाइलको नेटवर्क नटिप्ने समस्या रहेको र यस तर्फ गाउँपालिका गम्भिरता नदेखाएको गुनासो गरे । वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव भने गाउँसभा मा अनुपस्थित रहेका थिए ।
प्रमुख प्रसासकीय अधिकृत राजु दाहाल ले गाउँपालिका र वडा मातहत बाट सञ्चालनमा रहेका ३ सय ७९ वटा योजना मध्ये करिब २५ प्रतिशत योजना मात्र सम्पन्न भएको र तिब्र गतिमा योजनाहरु सञ्चालन हुन नसकेकोमा दुख ब्यक्त गर्दै यस तर्फ जनप्रतिनिधि हरुको ध्यानाकर्षण गराएका थिए ।
सबैको गुनासोको जवाफ दिदै गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले कर्मचारी र सेवाप्रवाह लाइ प्रबिधि मैत्रि बनाउन नसकेकोमा दुख ब्यक्त गर्दै कतिपय कुरामा कर्मचारीहरुले समेत आफ्नो दायित्व भुलेको तर्फ ध्यानाकर्षण गराए । गाउँसभा जस्तो महत्वपूर्ण कार्यक्रममा समेत कतिपय शाखा प्रमुख तथा कर्मचारी हरु को उपस्थिति नरहेको तर्फ इङ्गित गर्दै अध्यक्ष श्रेष्ठ ले शाखाका समस्याहरुमा शाखा प्रमुख हरुले जबाफ दिनुपर्ने बताएका थिए । त्यसै गरि बजेट बाडँफाडँ को बारेमा बोल्दै उनले सबै वडाहरुमा भुगोल र जनसँख्याको आधारमा बजेट बाडँफाडँ हुने गरेको कुरा बताए ।