• कार्तिक १०, २०७८
  • Madan Rajbanshi
  • 0

कार्तिक १० गौरीगञ्ज । सामाजिक सञ्जालमा अरुले पोष्ट गरिदिएको फोटोले आफु तनाबमा रहेको कुरा राप्रपा का प्रदेश सदस्य देवनारायण राजवँशीले बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली को उपस्थिती मा पार्टी प्रवेश को कार्यक्रम चलिरहदा व्यक्ति गत कामले त्यहा पुगेको बेला पार्टी प्रवेश गरेका हरुले फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि आफु तनाबमा रहेको बताएका छन् ।‌
सामाजिक सञ्जालमा राखिएको फोटोमा एमाले प्रवेश गरेका हरुले खाँदा र टिका लगाएका छन् तर मैले लगाएको छुइन । किनकी मैले एमाले प्रवेश गरेको होइन – उनले भने ।

आफु दमकबाट फर्किरहेको बेला गौरादहमा एमालेका पुर्व साँसद तथा सम्बिधान सभा सदस्य दिपक कार्की ले आफुलाई बोलाएको र सोहि बेला त्यहा एमाले अध्यक्ष ओली को उपस्थिती मा पार्टी प्रवेश कार्यक्रम रहेकोले फोटो खिच्ने क्रममा आफु पनि फोटो मा आएको उनले जिकिर गरे ।
दिपक कार्की सँग मेरो ब्यक्तिगत सँबन्ध छ र त्योभन्दा पनि अर्को कुरा उहाँ यस क्षेत्रको पुर्व साँसद हो । उहाँ ले बोलाएपछि ब्यक्ति गत सँबन्ध को हैसियतले म त्यहाँ गएको हुँ । सोहि मौकाको फाइदा उठाउँदै आफु लाई बदनाम गराउने उद्देश्यले केहि व्यक्तिहरुले सो फोटो सामाजिक सञ्जालमा राखेको उनले बताए ।
मैंले एमाले प्रवेश गरेको थिएँ भने फोटोमा मैले पनि खाँदा र टिका लगाएको हुनु पर्ने नि ! केपि ओली सँग उभिएर फोटो खिच्दैमा एमालेमा प्रवेश गरेको हुन्छ र ? उनले उल्टै प्रतिप्रश्न गरे ।