• फाल्गुन ३०, २०७९
  • Madan Rajbanshi
  • 0


रबिन्द्र बराल
फागुन ३०, मोरङ । माेरङकाे सुनवर्सि नगरपालिकामा नगर स्तरीय बिज्ञन प्रर्दशनी तथा शाैक्षिक मेला गरिएको छ । नगर भित्र रहेका सामुदायिक तथा निजि बिधालयलाई एउटै स्थानमा राखेर सोमबार एक दिने विज्ञान प्रर्दशनी तथा शाैक्षिक मेला लगाइएको हो ।

सुनर्सि नगरपालिका ४ स्थित काली माध्यमिक बिधालय काे प्राङ्गणमा उक्त कार्यक्रम काे आयोजना गरेको थियोे ।अन्तर बिधालय प्रतियोगितात्मकमा निजि तथा सामुदायिक गरि १६ बटा बिधालयहरुकाे सहभागीता रहेको थियो । प्रदर्शनीमा बिधार्थिहरुले तरकारी खेती , पार्क , मिसाईल बम, आलु , काक्रा बाट बिधुत उत्पादन हेलिकप्टर लगायत सामाग्रीहरु बनाएर प्रदर्शनमा राखेका थिए ।

कार्यक्रम काे प्रमुख अतिथि श्याम राजवंशी ,उपमेयर मिरा देवी दास, प्रशासन अधिकृत रुद्रप्रसाद दुलाल, शिक्षा शाखा प्रमुख हरीप्रसाद कट्टेल, स्थानीय वीर वहादुर राई, विनोद कु· राजवंशी, छेदिया यादव,बिभिन्न बिधालय का प्रिन्सिपलहरु, लगायतकाे उपस्थिति रहेको थियो ।

प्रदर्शनी सहभागीहरु मध्ये प्रथम , द्वतिय र तृतियहुनेहरुलाई सिल्ड ,मेडल, प्रमाणपत्र तथा नगद समेत बितरण गरेकाे शिक्षा शाख प्रमुख हरीप्रसाद कट्टेल ले बताए । शिक्षा युवा खेलकुद शाखा आयाेजना तथा काली माध्यमिक बिधालय ,सनराईज सेकेण्डरी बाेडिङ स्कुल बम काली केवरत समाजकाे सहकार्यमा उक्त कार्यक्रमकाे आयोजना गरिएको थियोे ।अबलोकन का लागि टकुवा,बटरवारी,कासिजान लगायत सर्वसाधारणहरुकाे उल्लेख्य सहभागीता समेत रहेको थियोे ।