बैशाख १९ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाका मेलमिलाप सहजकर्ताहरुका लागि मेलमिलाप सँबन्धि आठ दिने तालिम सम्पन्न भएको छ । गौरीगञ्ज गाउँपालिकाको न्यायिक समिती द्वारा आयोजित तालिममा बिभिन्न बिबाद मुद्दा तथा समस्याहरुमा दुइ पक्ष बिच कसरी मेलमिलाप गराउने र सो का लागि सँबन्धित ऐन तथा कानुनहरुको अभिमुखिकरण गरिएको थियो ।


गत बैशाख १२ गते देबि शुरु भएको तालिममा ६ वटै वडाका मेलमिलाप समितीहरुका करिब तीन दर्जन मेलमिलाप कर्ताहरु सहभागि भएका थिए । प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका श्रोत ब्यक्ती सँगिता थापा र सोहि सँस्थाका चेतराज बिष्ट ले प्रशिक्षकका रुपमा आठै दिन सम्म तालिममा सहजिकरण गरेका थिए ।

न्यायिक समितिका सँयोजक तथा गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजन न्यौपाने कुँवरको सभापतित्वमा मँगलबार भएको तालिमको समापन सत्रमा सँयोजक न्यौपेले सहभागि सहजकर्ताहरुलाइ पद गोपनियता तथा निश्पक्षताका लागि सपथ समेत खुवाएका थिए । सहभागि प्रशिक्षार्थीहरुका तर्फबाट समापन सत्रमा बालकृष्ण भण्डारी र नौताली राजवँशीले मन्तब्य राखेका थिए भने प्रशिक्षकका तर्फबाट प्रशिक्षक चेतराज बिष्टले मन्तब्य राखेका थिए । न्यायिक समिती सदस्य राधा अधिकारीले स्वागत मन्तब्य राखेका थिए भने न्यायिक समिती सदस्य गँगा राजवँशीले समापन सत्रको सहजिकरण गरेका थिए । प्रमुख अतिथिको आसनबाट बोल्दै गाउँपालिका अध्यक्ष फुलबती राजवँशीले सहभागि प्रशिक्षक र प्रशिक्षार्थीहरुलाइ धन्यबाद ज्ञापन गरेका थिए । तालिममा सहभागि प्रशिक्षार्थी र प्रशिक्षकहरुलाइ प्रमाणपत्र समेत बितरण गरिएको थियो ।