चैत १८, गौरीगञ्ज । गौरीगञ्ज १ का ७६ वर्षिया भुटनसरी राजवँशीको असामयिक निधन भएपछी बुधबार वडा अध्यक्ष कार्तिकलाल राजवँशी सहितको वडा कार्यालय को टिम मृतकको घरमा पुगेको छ । मृतक परिबार प्रति समबेदना ब्यक्त गर्न सम्वेदना पत्र सहित वडा कार्यालय ले मृतक परिवारलाई राहत स्वरुप नगद समेत प्रदान गरेको छ ।
दुःख को साथी भरोषा राखौ गाउँपालिका माथि भन्ने नाराका साथ छैठौ गाउँसभा बाट यस बर्ष देखि गौरीगञ्ज गाउँपालिका ले गाउँपालिका भरि कसैको मृत्यु भए राहत र सम्मान स्वरुप नगद रु १० हजार किरिया खर्च उपलब्ध गराउने निर्णय गरेको थियो । सोहि कार्यक्रम अन्तर्गत बडाले सो रकम उपलब्ध गराएको हो ।