असोज १३, गौरीगञ्ज । विश्व मुटु दिवश २०२३ काे अवसरमा हिजो गाैरीगञ्जमा स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । गौरीगञ्ज गाउँपालिका र बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (केएचडिसि कार्यक्रम) काे सहकार्यमा आज गाैरीगञ्ज आधारभुत अस्पताल खजुरगाछीमा मुटु राेग, मृगाैला राेग र मधुमेह सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएकाे छ । शिविर बाट एक सय ७५ जना मुटु रोगिहरूले स्वास्थ्य सेवा पाएका थिए ।
बिपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानवाट शिक्षाध्यक्ष एवम बरिष्ठ मुटु तथा मृगाैला राेग विशेषज्ञ डाक्टर सञ्जिव कुमार शर्माकाे नेतृत्वमा आएका २४ जना स्वास्थ्य कर्मी हरुले सेवा प्रदान गरेका थिए । शिविरमा मुटुकाे ईको, ईसिजि, फोक्सोको पिएफटी लगायतका ल्याब सेवा समेत प्रदान गरिएको थियो ।


यसै कार्यक्रमका विच डा सञ्जिव कुमार शर्माले बिरामी तथा सराेकारवालाहरुलाई मुटु तथा मृगाैला सुरक्षित राख्ने उपाय सम्वन्धी करिव १ घण्टा स्वास्थ्य शिक्षा समेत प्रदान गरेका थिए ।