मास्क नलगाउने लाई सचेतना सहित मास्क बाँडियो

बैशाख १४ गौरीगञ्ज । कोरोना महामारी को दोश्रो लहर फैलिएको अबस्थामा गौरीगञ्ज गाउँपालिका भित्र पनि केहि दिन यता सँक्रमित हरुको सँख्या बढ्न थालेपछि सुरक्षा कर्मी र सामाजिक अभियन्ता हरुले गौरीगञ्जमा सचेतना बाड्न थालेका छन् । मँगलबार बिहान गौरीगञ्ज चोकमा मास्क नलगाई हिडडुल गर्ने बिद्यार्थी तथा आम नागरिक लाई सचेतना सहित मास्क बितरण गरिएको छ ।


गौरीगञ्ज गाउँपालिका को सहयोग गौरीगञ्ज ट्राफिक तथा खजुरगाछी गौरीगञ्ज समाजसेवी युवा समुहको अगुवाइमा १ हजार थान मास्क बितरण गरिएको थियो ‌ । मास्क नलगाउने बिद्यार्थी, तथा आम नागरिक हरुलाइ ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख राकेश रेग्मी, ट्राफिक ईञ्चार्ज साजन कार्की, खजुरगाछी गौरीगञ्ज समाजसेवी युवा समुहका सभापति रोशन यादब लगायत सुरक्षा कर्मी तथा युवा समुहका सदस्य हरुले मास्क बितरण गरेका थिए ।
प्रदेश नँ १ मा पछिल्लो समय कोरोना सँक्रमण बढ्न थालेपछि मास्क खोइ ? कार्यक्रम नै सँचालन गरेर प्रदेशमा प्रमुख शहर तथा बजारहरुमा मास्क बितरण गरिएको छ ।

अघिल्लो लेखमागौरीगञ्ज १ का थप एक महिलामा सँक्रमण पुष्टि
अर्को लेखमाजिल्ला को निर्णय समेत टेरेनन् गौरीगञ्जका बिद्यालय हरुले