चैत २६, गौरीगञ्ज । झापा जिल्लाको माई पुर्बकै पहिलो बिद्यालय गौरीगञ्ज माध्यमिक विद्यालय को भौतिक सम्पत्ति मा माफियाहरुको आँखा लाग्न थालेपछि बिद्यालयका भुतपूर्व बिद्यार्थी हरु सँरक्षणका लागि एकजुट हुन थालेका छन् ।‌ बिहिबार बिद्यालय को हलमा एक अन्तरक्रिया कार्यक्रम को आयोजना गरि भुतपुर्व बिद्यार्थी हरुले विद्यालय को सम्पतिमा हानी हुने गरि जनप्रतिनिधि हरुले नै दादागिरी शैलिमा बिभिन्न सिफारिस तथा आदेश जारी गरेको प्रति खेद प्रकट गरेका छन् । सहभागि हरुले हुलाकी सडक निर्माण का क्रममा प्रकृया मिचेर दादागिरी शैलिमा जनप्रतिनिधि हरुले बिद्यालय को पर्खाल र गेट भत्काउने आदेश दिइएको प्रति खेद प्रकट गरेका छन् । सबैको आस्था को प्रतीक का रुपमा रहेको गौरीगञ्ज माध्यमिक विद्यालय को भौतिक सम्पत्ति हरु पुनर्निर्माण को बिकल्प नै नखोजि जथाभावी भत्काउन थालिएकोमा जनप्रतिनिधि हरुको आलोचना गरेका छन् ।

सार्वजनिक सँस्थाको पर्खाल भत्काउदा सरोकारवाला हरुसँग छलफल गरि बिद्यालय ब्यवस्थापन समितिको सहमति ले मात्र भत्काउने प्रवधान हुँदाहुँदै पर्खाल भत्काएपछि कसरी पुनर्निर्माण गर्ने भन्ने बिकल्प नै नराखि दादागिरी शैलिमा जनप्रतिनिधि हरुले सार्वजनिक सम्पत्तिको हानीनोक्सानी गरेको कुरा बताए छन् ।‌

बिद्यालयका पुर्व शिक्षक उमानाथ भण्डारी ले पर्खाल भत्काउनु अघि सो पर्खाल कसरी पुन: ठड्याउने भन्ने बारे बिकल्प खोज्नु पर्ने मा जथाभाबि भत्काइएको कुरा बताएका छन् । सो पर्खाल पुनर्निर्माण लागि बजेट कहाँबाट जुटाउने भन्ने छलफल नै नचलाई पर्खाल भत्काइएकोले बिद्यालयका अन्य सामान तथा सँरचनाहरु असुरक्षित भएको बताएका छन् ‌ ।

बिद्यालयका पुर्व बिद्यार्थी तथा पुर्व गाबिस अध्यक्ष घनश्याम रिजाल ले विद्यालय कम्पाउण्ड भित्र को जग्गा कसैको व्यक्तिगत स्वार्थ का लागि मोहियानी हकको रूपमा दिने वडा कार्यालय बाट सिफारिस गरिएको मा खेद ब्यक्त गर्दै सरकारी जग्गामा मोहियानी हक नलाग्ने र मोहियानी हक पाउन सँबन्धित ब्यक्तिको जोतभोग भएको हुनुपर्ने र कुत बुझाई रहेको हुनु पर्ने मा बर्षौदेखि अनन्त ठाकुर कै पालादेखि सो जग्गा स्कुल को कम्पाउन्ड भित्र रहेको तर अहिले अचानक राजकुमार महतो लाई सो जग्गा मोहियानी हक भनेर सिफारिस गरिएकोले सो कार्य रोक्न माग गरेका छन् । उनले निर्माणाधिन हुलाकी सडकमा नहर पश्चिम को नाला हसिया जस्तो बाङ्गोटिङ्गो बनाईएको मा खेद ब्यक्त गर्दै सो सडक सरकारी नक्सा अनुसार सिधा बनाउन जनप्रतिनिधि हरुको ध्यानाकर्षण गराएका छन् ।

पुर्व बिद्यार्थी तथा पुर्व गाबिस अध्यक्ष देवी प्रसाद राजवँशी ले गौरीगञ्जका जनप्रतिनिधि हरुनै नाताबाद कृपाबादमा लागेकाले गेउरिया पुल देखि नहरसम्म को हुलाकी सडक बन्न एक बर्ष ढिलो भएको बताएका छन् ‌। गौरीया पुल देखि नहर सम्म उनिहरु र उनिहरुकै आफन्त हरुको जग्गा भएकाले सडक निर्माण हुन नसकेको बताए । सरकारी अमिन ले नापि सक्दा समेत सो नापको बेवास्ता गर्दै व्यक्ति व्यक्तिको जग्गा जोगाउन जनप्रतिनिधि हरु भनसुन मा उत्रिएको कुरा बताएका छन् । आफु चार वर्ष यस विद्यालयको व्यवस्थापन समिति मा हुदाको अनुभब सुनाउँदै उनले बिद्यालय प्रसाशनले कुनै कुराको रेकर्ड नै नराख्ने विद्यालयको गलत परम्परा रहेको जिकिर गरेका छन् । उनलेबिद्यालयको दक्षिण को पर्खाल र एतिहासिक गेट प्रकृया मिचेर भत्काईएकोमा खेद ब्यक्त गर्दै पर्खाल भत्काउदा सर्बदलिय छलफल चलाईयो कि चलाईएन , बिद्यालय ब्यवस्थापन समितिको सहमति लिइयो कि लिइएन भनेर प्रश्न समेत गरेका छन् ।

पुर्व बिद्यार्थी तथा पुर्व प्रधानपञ्च विश्व राज रिजालले विद्यालय को शैक्षिक गुणस्तर खस्किदै गएकोमा दुख ब्यक्त गरेका छन् । शिक्षा ऐन र नियमावली मिचेर वडाध्यक्ष लाई नै बिद्यालय ब्यवस्थापन समितिको अध्यक्ष बनाईएकोमा व्यङ्ग्य गर्दै उनले काहि नभएको जात्रा गौरीगञ्जमा भएको बताए । बिभिन्न सँस्था हरुमा आफैंले नेतृत्व लिएर हैकम जमाउने र आफ्ना आसेपासेलाई गलत सिफारिस गर्दै जाने प्रवृत्ति यहाका जनप्रतिनिधि हरुमा रहेको कुरा बताएका छन् । उहिले भिमप्रसाद चौधरी ले बिद्यालय र गौरीगञ्ज बजारमा जग्गा दान दिएकोमा अहिले दान दिइ सकिएको जग्गाहरु केहि भुमाफिया हरुले ब्यक्तिको नाममा दर्ता गरि पैसा वसुल्दै हिडेको कुरा बताएका छन् । विद्यालय कम्पाउन्ड भित्र को जग्गा वडाध्यक्षले सिफारिस गरि कित्ता काट गरेर राजकुमार महतोलाई मोहियानी हक दिइएको कुरा बताउदै अहिले सो जग्गा विद्यालयको नाममा फर्काउन प्रअले सर्बोच्च मा मुद्दा हालेको कुरा बताएका छन् ।

पुर्व प्रधानपञ्च तथा विद्यालय व्यवस्थापन समितिका पुर्व प्रमुख कल्याण प्रसाद कोइराला ले विद्यालय को पुरानो ईतिहास सँझिदै ४५ सालको भुकम्पले विद्यालय को पर्खाल भत्किदा सो पर्खाल पुनर्निर्माण गर्न धेरै दुःख गर्नु परेकोले अहिले पुनर्निर्माण को बिकल्प नै नखोजि विद्यालय को गेट र पर्खाल भत्काइएको मा दुख ब्यक्त गरेका छन । गाउँपालिकाका जनप्रतिनिधि हरुले हुलाकी सडक निर्माण मा हुलाकी सडक निर्देशनालय को परिपत्र को समेत वास्ता नगरी सडक निर्माण मा आफुखुसी गरिरहेको बताए छन् ।

स्थानिय केदारनाथ ढुँगेलले विद्यालय को सार्वजनिक जग्गा मोहियानी हक का रुपमा काटेर दिने सिफारिस गरिदा विद्यालय प्रसाशन ले किन नरोकेको भनेर प्रश्न गरेका छन् ।

बिद्यालयका पुराना परिचर जगन्नाथ शर्मा ले कुनै समयमा झापाकै सबैभन्दा धनी विद्यालय का रुपमा चिनिएको गौरीगञ्ज माबि अहिले सबैभन्दा कँगाल वनेको बताएका छन् । बिद्यालय को पुरानो गेट र पर्खाल भत्काउँदा आफ्नो मुटु नै काटिएको जस्तो भएको बताउदै उनले सो गेट भत्काउँदा बनाउनेहरुको मनमा के गुज्रियो होला भनेर प्रश्न समेत गरेका छन् । बिद्यालय को बागडोर गलत प्रवृत्ति को मानिसहरुको हातमा परेको बताउँदै उनले बिद्यालय मा हालिमुहाली भएका ब्यक्तिहरु ले गलतलाई सहि र सहिलाई गलत बनाउने प्रयास भइरहेको बताएका छन् ।

बिद्यालयका प्रधानाध्यापक गोबिन्द घिमिरे ले विद्यालय को प्रगती विवरण सुनाउदै अहिले विद्यालय सँग मुद्दा लड्ने बजेट समेत नभएको बताएकाछन् ।

अन्तरक्रिया मा सहभागि गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले आफुपनि यसै विद्यालय को पुर्व बिद्यार्थी भएको नाताले आफुले बिद्यालय मा आईरहेका समस्या हरु गम्भिर रुपमा लिइ रहेको बताएका छन् । आफुले विद्यालय मा अँग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने सोच बनाएपनि बिद्यालय प्रसाशनले चासो नदेखाएको कुरा बताएका छन् । विद्यालयको कम्पाउन्ड मा रहेको ४ बिघा १० कट्ठा जग्गा मध्ये २ बिघा २ कट्ठा ऐलानी रहेकोमा २०२७ साल तिरै सो जग्गाको विद्यालयको नाममा धनी पुर्जा बनिसक्नु पर्ने मा बन्न नसकेको र अहिले केहि ब्यक्तीहरुले सो २ बिघा २ कट्ठा जग्गामा आफ्नो दाबि गरिरहेको हल्ला आफुले बजारमा सुनेको कुरा बताएका छन् उनले यसप्रति सबैलाई सचेत हुन आग्रह गरेका छन् ।

वडाध्यक्ष मखना महतो ले हुलाकी सडक निर्माण मा सरकारी अमिन को नापजाच अनुसारनै बाटो खनाईएको कुरा बताउदै विद्यालय को पर्खाल भत्काइएको मा पुनर्निर्माण लागि आउदो बजेटमा बडाको बजेटबाट रु १० लाख विनियोजन गर्ने कुरा बताएका छन् ।

अन्तरक्रिया को सभापतित्व गरिरहेका भुपु बिद्यार्थी समाजका सभापति बेदेन्द्र ढकालले जथाभावि पर्खाल भत्काइएको मा आफुहरुको ध्यानाकर्षण भएको बताउदै न्याय का लागि आफुहरु जस्तो सुकै कदम चाल्न पनि तैयार रहेको बताएका छन् । टेबल राखेर सडकको नापजाँच गराई कस्को अनुमति र आदेशले पर्खाल भत्काइएको हो भन्ने प्रश्न को उत्तर खोज्ने र आदेश दिने बाटै सो पर्खाल को क्षतिपूर्ति भराउने। बताएका छन् । उनले भुपु बिद्यार्थी समाजका तर्फबाट गौरीगञ्जको इतिहास समेटेर स्मारिका प्रकाशन गर्ने तयारी भएको पनि बताए ।