
माडवारी सेवा केन्द्र नारायणगढको १४ औँ साधारण सभा सम्पन्न
माघ, १६, चितवन । माडवारी सेवा केन्द्र नारयणगढको १४ औँ साधारण सभा सम्पन्न भएको छ । माघ १४ गते सम्पन्न १४ औ साधारण सभा तथा अधिवेशन बाट अध्यक्ष पद मा पँकज अग्रवाल सहित कार्य समिती सर्वसम्मत चयन भएको छ । सेवा केन्द्रको भवनमा भएको अधिबेशनबाट उपाध्यक्षद्वय मनोज अग्रवाल ,बिकास बर्मा , महासचिब मा निरज अग्रवाल , कोषाध्यक्षमा राकेश हरलालका ,सचिबमा सुशील अग्रवाल ,सदस्य हरु मा अशोक अग्रवाल , डा आदित्य जलान , दिपक डालमिया , प्रदिप अग्रवाल चयन भएका छन ।

सेवा केन्द्र को भवन मा भएको अधिबेशन मा नव निर्बाचित समिती लाई निर्वाचन समिती सयोजक रामशरण सिलवाल ले प्रमाणपत्र बितरणा गर्नु भएको थियो भने उध्योगपती एबम सामाजिक ब्यक्तित्व पवन कुमार अग्रवाल , नेपाल राष्र्टृय मारवाडी परिषद का उपाध्यक्ष एबम सेवा केन्द्र का पुर्ब अध्यक्ष उमाशकर अग्रवाल , पुर्ब अध्यक्ष प्रमोद चाचान ले शुभकामना दिएका थिए
