
माडवारी सेवा केन्द्रद्वारा बिद्यालयलाइ शैक्षिक तथा खेलकुद सामग्री बितरण
माघ २१ चितवन । माडवारी सेवा केन्द्र नारायणगढले एक बिद्यालयका बिद्यार्थीहरुलाइ शैक्षिक तथा खेलकुद सामग्री बितरण गरेको छ । मारवाडी सेवा केन्द्र नारायणगढले आज सरस्वती पुजाको अबसर पारेर भरतपुर ११ स्थित श्री सिध्दि जनकल्याण आधारभुत बिधालयका १२० जना बिधार्थी लाई शैक्षिक सामाग्री तथा बिधालय लाई खेलकुद सामाग्री बितरण गरेको छ

सेवा केन्द्रका अध्यक्ष पन्कज अग्रवालको सभापतित्वमा र बागमती प्रदेश सासद माननिय बिनु रायमाझीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल मारवाडी राष्ट्रिय परिषदका केन्द्रिय उपाध्यक्ष उमाशकर अग्रवाल मारवाडी सेवा केन्द्रका पुर्ब अध्यक्ष प्रमोद चाचान , बिधालय ब्य्बस्थापन समितीका अध्यक्ष सालिकराम सापकोटा , बिधालयका प्र अ कमला पौडेल , बडा न ११ का वडा सद्स्य सिता रणपाल , नारायणगढ राउन्ड टेबल १४ का अध्यक्ष प्रबिण बन्शल , नारायणगढ राउन्ड टेबल १४ का पुर्ब अध्यक्ष डा सन्दिप गर्ग सेवा केन्द्रका सचिब तथा कार्यक्रम सयोजक सुशिल अग्रवाल , कार्य समिती सद्स्य प्रदिप अग्रवाल , अशोक अग्रवाल , मदन लाल पोद्दार , मुकेश अग्रवाल , दिलिप डागा हितेश लखोटिया लगायतको उपस्थिती रहेको थियो ।
सेवा केन्द्रका उपाध्यक्ष बिकाश बर्मा ले स्वागत मन्त्ब्य राखेका थिए भने सेवा केन्द्रका महासचिब निरज अग्रवालले कार्यक्रमको सहजिकरण गरेका थिए ।
