बैशाख १२ गौरीगञ्ज । माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धन प्रयास बाट असन्तुष्ट हरुले पार्टी परित्याग गर्ने क्रममा माओवादी केन्द्र गौरीगञ्जका दुइ जनाले माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् । केहिबेर अघि माओवादी केन्द्र का प्रदेश विभागिय सदस्य र मीन प्रसाद खतिवडा र गौरिगंज गाउँ कमिटी सचिवालय सदस्य तथा वडा नं २ पार्टी ईन्चार्ज गणेश बहादुर कार्कीले सामाजिक सञ्जालबाट स्टाटस लेख्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
पार्टी का प्रदेश विभागिय सदस्य मीन प्रसाद खतिवडा ले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् – लेख्न हात लागिरहेको छैन,तथापि लेख्नबाध्य छु, आजका मितिदेखि हामी आवद्ध राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )को प्रदेश विभागिय सदस्य मीन प्रसाद खतिवडा र गौरिगंज गाउँ कमिटी सचिवालय सदस्य तथा वडा नं २ पार्टी ईन्चार्ज गणेश बहादुर कार्कीले पाएको जिम्मेवारी सहित पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेकोे यसै मुहार पुस्तिका मार्फत क्षमा-याचना सहित जानकारी गराउंदछौं।साथै आगामी दिनमा स्वतन्त्र रुपमा रहि समाज सेवामा संलग्न रहने पनि जानकारी गराउंदछौं।धन्यवाद ।
खतिवडा ले सोमबार दिउसो वडा नं २ का लागि वडा सदस्य पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।