जेठ १८ गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकाको आर्थिक सहयोग तथा महिला सशक्तीकरण सँस्थाको आयोजनामा भएको १५ दिने गुडिया तथा तिन महिने सिलाइकटाइ तालिमको बुधबार औपचारिक समापन गरिएको छ । सँस्थाले गौरीगञ्जको वडा नँ १ देखि ४ सम्ममा ६० जना महिलाहरुलाइ फाइवरको गुडिया बनाउने १५ दिने तालिम र वडा नँ ५ र ६ का २२ जना महिलाहरुलाइ ३ महिने सिलाइकटाइ तालिम दिएका थिए ।
वडा नँ १ मा चैत ५ गतेदेखि चैत १९ गते सम्म तालिमको आयोजना गरिएको थियो भने सो तालिममा वडा भित्रका २० जना महिलाहरु सहभागि भएको कुरा सँस्थाकी अध्यक्ष नौताली राजवँशीले जनाएकी छन् । त्यसै गरि वडा नँ २ मा पनि चैत ५ देखि १९ गते सम्म तालिम आयोजना गरिएको थियो र सो तालिममा पनि वडा भित्रका २० जना महिला सहभागि भएको कुरा अध्यक्ष राजवँशीले जनाएकी छन् ।
वडा नँ ३ र ४ मा सँयुक्त रुपमा चैत १३ गते देखि २७ गते सम्म तालिम चलाइएको थियो भने सो तालिममा दुबै वडाका गरि २० जना महिलाहरु तालिममा सहभागि भएका थिए ।
वडा नँ ५ र ६ को हकमा फागुन १७ गते देखि जेठ १७ गते सम्म ३ महिने सिलाइकटाइ तालिम सञ्चालन गरिएको थियो भने सो तालिममा दुबै वडाका गरि जम्मा २२ जना महिलाहरु सहभागि भएका कुरा सँस्थाकी अध्यक्ष राजवँशीले जनाएकी छन् ।
बुधबार दुइ छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरि तालिम समापन गरिएको छ । गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरको प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा कार्यपालिका सदस्य राधा अधिकारी वडाध्यक्ष फेकाप्रसाद गिरी महिला सशक्तिकरण गौरीगञ्जकी अध्यक्ष नौताली राजवंशी लगायतको उपस्थिती रहेको थियो । समापन समारोहकै अबसरमा प्रशिक्षार्थीहरुलाइ प्रमाणपत्र बितरण गरिएको थियो ।