
चैत १४ गौरीगञ्ज । गौरीगञ्ज वडा नँ १ महाभारामा भएको वडास्तरीय फुटबल प्रतियोगिता को फाईनल खेलमा द हन्टर युवा क्लब भन्सार ले उपाधी उचालेको छ । सिर्जना युवा क्लब कुञ्जिबारीलाई ०-५ गोलको अन्तरले हराउदै द हन्टर युवा क्लब भन्सार बिजयी भएको हो ।

क्लबले उपाधि जिते सँगै नगद रु २० हजार सहित ट्रफि र प्रमाणपत्र हात पारेको छ भने उप बिजेता सिर्जना युवा क्लब ले नगद रु १५ हजार सहित ट्रफि र प्रमाणपत्र हात पारेको छ ।
बालुबाडीको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनल खेल र समापन समारोहमा प्रमुख अतिथि वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी लगायत वडा सदस्य टँक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम को सहजिकरण राजेन्द्र निरौला ले गरेका थिए ।