मनमौजी बन्दै गौरीगञ्ज क्याम्पस : दुइखाले रुटिनले बिद्यार्थी अन्यौलमा

पढ्न समय: 4 मिनेट

मनमौजी बन्दै गौरीगञ्ज क्याम्पस : दुइखाले रुटिनले बिद्यार्थी अन्यौलमा

जेठ २७ गौरीगञ्ज । गौरीगञ्ज क्याम्पसको गैर जिम्मेबार पनले बिद्यार्थी अन्यौलमा परेका छन् । आज जेठ २७ गते बेलुकी करिव ५ बजे गौरीगञ्ज क्याम्पसले आफ्नो अफिसियल फेसबुक पेजमा प्रकाशित गरेको सुचनाले स्नातक तह चौथो बर्षका बिद्यार्थी झन अन्यौलमा परेका छन् ।  

आज जेठ २७ गते मँगलबार बिहान ७ बजे हुने भनिएको परीक्षाको रुटीन बेलुकि ५ बजे प्रकाशित गरेपछी बिद्यार्थीहरु अन्यौलमा परेका हुन् ।

स्नातक तह चौथो बर्षका बिद्यार्थी सुमन गिरीका अनुसार आज २७ गते आइटीसीको प्रयोगात्मक परीक्षा हुने अग्रिम सुचना पनि थिएन तर बिहान स्वबियुले आयोजना गरेको रक्तदान कार्यक्रममा जाँदा आज प्रयोगात्मक परीक्षा रहेछ भन्ने थाहा भयो तर आज परीक्षा लिएन  । बरु आजको बिषय सहित २८ र ३० गतेको परीक्षा समेत पछी असार १ गते ५ गते र १३ गते लिने भनि नयाँ हस्त लिखित नयाँ रुटीन हामीलाइ दिइयो । परीक्षा सर्यो भनेर हामी ढुक्क भयौ तर आज बेलुकी क्याम्पसले पुरानै रुटिन सार्वजनिक गर्यो । आजको त परीक्षा भएन अब भोलीको बिषयका लागि हामीले तयारी नै गरेका छैनौ । हामीले भोलीको परीक्षा सर्यो भनर थेसिस नै पुरा गरेका छैनौ । यसरी हाम्रो भबिष्य माथि खेलबाड गर्न पाइन्छ ? ति बिद्यार्थी प्रश्न गर्छन् । त्यस्तै अर्का बिद्यार्थी मेनुका राजवँशीले क्याम्पसको यो मनमौजी पनले आफुहरु मार्कामा परेका बताएकी छन् । बेलैमा रुटिन ननिकाल्ने र क्याम्पस प्रसाशनमा बसेका हरु एक अर्का बीच समन्बय नगरेर मनमौजी तरिकाले काम गर्दा आफुहरुको भबिषय अन्यौलमा परेको बताएका छन् । बिहान क्याम्पस जाँदा सहायक भक्त भण्डारीले आज लगायतका सबै परिक्षा असार १ गते ५ गते र १३ गतेलाइ सरेको हस्त लिखित रुटिन हामीलाइ दिएको र सोहि आधारमा हामीले परीक्षाको तयारी नै नगरेको बेला अचानक यथाबतको रुटिन सार्वजनिक गर्दा हामी हास्नु न रुनुको अबस्थामा पुगेको बताएका छन् । भोलीको लागि हामी कसैले पनि थेसिस तयार पारेकै छैनौ । अब के लिएर जानु भोली – उनि प्रश्न गर्छिन् ।

यस बारे क्याम्पस प्रमुख सर्वतलाल राजवँशीसँग सँपर्क गर्दा उनले आजको परीक्षाको बिषय बिज्ञ न आइदिएकाले परीक्षा भएन । तर भोली देखिका परीक्षाहरु पुरानै रुटिन अनुसार नियमित नै हुन्छन् । आफु हिजो देखि बिदामा रहेकाले सहायक प्रमुख भक्त भण्डारीले आफु सँग सल्लाह नै नगरि नयाँ रुटिन बिद्यार्थीलाइ दिएको तर कार्यालयले पहिला नै बिज्ञलाइ निर्धारित मितिमा खटाइ सकिएकोले परीक्षा सार्न नमिल्ने उनले बताएका छन् । आजको परीक्षा के हुन्छ भन्ने जिज्ञासामा उनले आज बिषय बिज्ञ नआएकाले आजको परीक्षा अर्को मितीमा बिज्ञ बोलाएर लिइने उनले बताए । क्याम्पस प्रसाशन बीच एक अर्कासँग समन्वय नहुँदा बिद्यार्थीहरु अन्यौलमा परेका छन् ।

स्वबियु सभापती रोशन यादवका अनुसार क्याम्पसले बारम्बार बिद्यार्थीहरुको भविष्य नै बिग्रिने गरि हेलचेक्र्याइ गरिरहेकाले अब यो पटक प्रतिकार गर्ने जनाएका छन् । एक महिना अघि क्याम्पसका कर्मचारी डम्बर थापाले ४ जना बिद्यार्थीको परिक्षा फारम नै गलत रुजु गरि पठाएर बिबिएसका बिद्यार्थीहरु बबिता महतो राजेश यादव र गायत्री दुलाल तथा बिएडका बिद्यार्थी गोबिन्द सिँहले सास्ति खेप्नु परेको उनले बताएका छन् । अहिलेको प्रयोगात्कम परीक्षाको रुटिन पनि क्याम्पसले बिद्यार्थीहरुलाइ अग्रिम जानकारी नगराएको तथा आज रक्तदान कार्यक्रममा बिद्यार्थीहरु सहभागि हुन जाँदा परिक्षाको बारेमा थाहा पाएको उनले गुनासो गरेका छन् । बिहान रुटिन फेर्ने फेरि बेलुकी पुरानै रुटिन निकाल्दा बिद्यार्थी अन्यौलमा रहेको उनले बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्