असोज १४, काठमाडौं । प्रधानमन्त्रको निर्देशन पछि नेपाल आयल नियमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिइएको छ। निगमले आज एक विज्ञप्ति जारी गर्दै गए राति देखि बृद्धि गरिएको पेट्रोलियम पदार्थ तथा खाना पकाउने ग्यास को मुल्य आज आईतबार मध्य रात देखी लागुहुने गरि फिर्ता लिएको जनाएको छ ।

निगमले शनिबार पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मूल्यवृद्धि फिर्ता लिइएको निगमले आइतबार विज्ञप्ति निकारेर जनाएको छ।