जेठ २ गौरीगञ्ज । मत परिणाम बिबाद पछी मत गणना स्थगित भएपछि गौरीगञ्जमा बिभिन्न राजनीतिक दल का प्रतिनिधि हरुले मत पेटिका राखेको कोठामा तल्चा लगाएका छन् । उनिहरुले मत पत्र र मतपेटिका सुरक्षा का निम्ति ताल्चा लगाएको बताएका छन् ।

बिबाद पछी सोमबार दिउसो बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएपछि बेलुका राजनीतिक दल का प्रतिनिधि हरुले छलफल गरेर ताल्चा लगाएका हुन् । निर्वाचन अधिकृत को कार्यालय प्रतिनिधिहरु र राजनैतिक दलहरु का प्रतिनिधि हरु बिचको छलफल पछी नै मत पेटिका राखिएको कोठामा राजनैतिक दलहरु को तर्फबाट थप ताल्चा लगाइएको कुरा नेपाली काँग्रेस गेरीगञ्जका सभापति अघनु प्रसाद राजवंशी ले बताए । मत गणना स्थलमा गणना भइसकेको मत पेटिका हरुमा समेत सिलबन्दी गरि सोहि कोठामा लगि छुट्टै राखिएको कुरा राजनीतिक दल का प्रतिनिधि हरुले बताएका छन् ।

नेपाली काँग्रेस का तर्फबाट अघनु प्रसाद राजवंशी, माओवादी केन्द्र का तर्फ बाट बाहिर विद्यानन्द राजवँशी, किना लाल राजवंशी, एमालेका तर्फबाट श्याम ढकाल, समाजवादी का तर्फ बाट केदार रिमाल, जसपाका तर्फ बाट सुयोग रिजाल, जनमतका तर्फ बाट कृष्ण मोहन मिश्रा तथा स्वतन्त्र उम्मेदवार हरु को प्रतिनिधि लगायतको उपस्थिति मा ताल्चा लगाइएको थियो ।

मँगलबार पुन: सर्वदलीय बैठक बाट सहमति भएपछि मात्र ताल्चा खोलेर मतगणना गरिने कुरा राजनीतिक दल का प्रतिनिधि हरुले बताएका छन् ।