मतदान अधिकृतको लापरबाहिका कारण गौरीगञ्ज ३ ठेकीटोल स्थित गौरी आधारभुत प्राबिमा मतदान प्रकृया रोकिएको छ । प्रतनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिनुपर्ने ठाउँमा प्रदेश सभाको र प्रदेश सभाको मतपत्र दिनु पर्ने ठाउँमा प्रतिनिधि सभाको मतपत्र बितरण भएको पाइएपछी मतदान प्रकृया बिहान ९ बजेदेखि रोकिएको हो ।
सो बिद्यालयको दुइवटा केन्द्र क र ख मध्ये केन्द्र क मा सो समस्या देखिएको हो । क का मतदान अधिकृत पवन पोख्रेलले १५ १६ वटा मतपत्र मात्र उल्टो भएको बताएपनि स्थानियहरुले ३५ ३६ वटा मतपत्र त्यस्तो भएको जनाएका छन् । बिहान ९ बजेको आसपास स्थानिय युवाहरु नयन रिजाल र अभिसेक गर्तौलाले मतदान गर्दा मतपत्रको माथिल्लो खण्ड पढेपछी मतदान अधिकृत पवन पोख्रेलको लापरवाहि बाहिर आएको हो । मतदान स्थगित भएको समय सम्मको रेकर्ड हेर्दा सो केन्द्रमा ५१ वटा मत खसेको देखिन्छ ।
सो मत केन्द्रमा सर्व पक्षिय बैठक बसेर समाधान खोजिने कुरा झापा क्षेत्र नँ ५ का निर्वाचन अधिकृत डम्बर काफ्लेले बताएका छन् । सो मतदान केन्द्रमा सर्वपक्षिय बैठक बस्ने तयारी भएको छ ।