• साउन ११, २०७८
  • Madan Rajbanshi
  • 0

साउन ११, झापा। गौरादह नगरपालिका क्षेत्र मँगलबार देखि ६ दिन लकडाउन हुने भएको छ । नगर कार्यपालिका को आज बसेको बैठकले सो निर्णय गरेको हो ।
कोभिड १९ को संक्रमण बढ्दो अवस्थामा देखिएको र नजिकका पालिकाहरुमा गरेको बन्दावन्दीलाई समेत ध्यानमा राखी मिति २०७८/ ०४/ १२ देखी २०७८/०४/१८ गते राती १२:०० बजे सममन नगरपालिका क्षेत्र लकडाउन गराउने र सोको जानकारी झापा जिल्ला कोभिड व्यवस्थापन समितिमा (DCMC) पठाउने निर्णय गरेको कुरा नगरपालिका ले जनाएको छ ।

निर्णयमा गौरादह नगरपालिका क्षेत्रभित्र साप्ताहीक हाटबजार पूर्णरुपले बन्द गर्ने गराउने, औषधी पसल र दुध डेरी वाहेक अन्य पसल तथा व्यवसाय तरकारी बजार समेत विहान ७:०० बजे देखि १०:00 बजे सम्म मात्र खुल्ने खुलाउने र किनवेच गर्न गराउन दिने । होटल रेष्टुरेन्टहरुले टेक अवेको सेवा मात्र संचालन गर्ने गराउने भनिएकोछ ।

त्यसै गरी बैंक तथा वित्तिय संस्थाहरु विहान १०:०० बजे देखी १:०० खोल्न दिने निर्णय भएको कुरा उल्लेख गरिएको छ ‌‌

निर्णय