मँसिर २८ गौरीगञ्ज। भौतिक पुर्वाधार मन्त्री बसन्त कुमार नेम्वाङले रतुवा पुलको अनुगमन गरेकाछन् । गए राति ८ बजे मन्त्री नेम्वाङले हुलाकी सडक अन्तर्गत को झापा र मोरङ जोड्ने रतुवा पुलको अनुगमन गरेका हुन् ।
शनिबार दिउसो ३ बजे नै अनुगमनका लागि मन्त्री आउने भनिएपनि उनि अबेर राति ८ बजे पुल अनुगमनका लागि पुगेका थिए ।
कारिव २० मिनेट जति समय उनि त्यहा बसेका थिए भने एक बर्ष भित्र पुल सञ्चालन हुने गरि प्रकृया अघि बढाउने आश्वासन दिएका छन् । मौजुदा पुललाइ नै तटबन्ध गरेर पुल सञ्चालन गर्नु पर्ने जनदवाव रहेकाले सोहि अनुसार प्रकृयाअघि बढाउने उनले बताएकाछन् ।
हिजै उनले हुलाकी सडक अन्तर्गत बिगत १० बर्षदेखि अलपत्र परिरहेको कन्काइ र बिरिङ खोलाको पुल समेत अनुगमन गरेकाछन् । कन्काइ, बिरिङ र रतुवा खोलाका अलपत्र पुलहरुको अनुगमन पछि जनताले गुनासो गरेजस्तै निर्माणाधीन पुलहरू अलपत्र अवस्थामा रहेको पाएको बताए । उनले जनताको गुनासो जायज भएको प्रतिकृया दिएकाछन् ।
रतुवा पुल चार बर्षअघि नै निर्माण सम्पन्न भएर पनि सञ्चालन हुन नसक्दा जनताले बाँसको पुल बाट जोखिमपुर्ण यात्रा गर्न बाध्य भएका छन् भने बाँसको पुल गर्दा प्रत्येक पटक रु २० देखि रु १ सय सम्म शुल्क समेत तिर्न बिवश हुँदै आएका छन् ।