
असोज ७, गौरीगँज । भोलि असोज ८ गते गौरीगञ्ज वडा नँ ५ फतेहपुर स्थित नेपाल भारत सीमा नजिकै भारत तर्फ भारतका गृहमन्त्री अमित शाह आउने कार्यक्रम रहेको छ । नेपाल भारत को दसगजा क्षेत्र लाई छोएर भारत तर्फ निर्माण गरिएको सीमा सुरक्षा बल एसएसबीको आधार शिबिर को नवनिर्मित भवनको उद्घाटन गर्न गृहमन्त्री शाह आउन लागेको कुरा भारतिय श्रोतले जानकारी दिएका छन् ।
मन्त्री शाह भारतीय समय अनुसार बिहान १० बजे आउने तय भएपनि बिहान १० देखि ११ बजेको बीचमा आईपुग्ने कुरा बताइएको छ । नेपाल भारत सीमा नजिकै उनि आउने कार्यक्रम तय भएपछि आज असोज ७ गतेदेखि नै भारतीय पक्षले सीमामा कडाई गर्न थालेका छन् । आज नेपाल तर्फ बाट भारत छिर्ने हरुलाई फत्तेपुर सीमामा भारतीय एसएसवीहरुले केरकार गर्ने गरेको तथा मोटरसाईकल लगायतका सवारी साधन हरु नेपाल तर्फ नै राख्न लगाएर प्रवेश दिइरहेका छन् भने भोलि सो सीमामा भारतीय पक्षले थप कडाइ गरिने बताईएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार मन्त्री शाह आज र भोलि सिमाञ्चल क्षेत्र को अनुगमन मा रहने बताएका छन् ।मन्त्री शाहले आज दिउसो २ बजे भारतको पुर्णियामा भारतीय जनता पार्टीको आमसभालाई सम्बोधन गरेको र त्यसपछि किशनगंज क्षेत्रमा आएर सो पार्टीको कोर बैठकमा सहभागि भएको कुरा भारतिय सञ्चार माध्यमहरुले बताएको छ ।