भोलि देखि दमक बजार बन्द गरिने

पढ्न समय: 1 मिनेट


३१ साउन झापा । झापाको दमकमा समुदाय स्तरमै काेराेना संक्रमण फैलिन थालेपछी भोलि देखि दमक बन्द हुने भएकाे छ । शनिवार दिउसो बाणिज्य संघको बसेको बैठकले यो निर्णय गरेको हो । यसभन्दा अघि दमक नगरपालिकाले आंशिक रुपमा लकडाउन घोषणा गरेको थियो । विहान ८ बजेदेखि ४ बजेसम्म पसल तथा ब्यवसाय खोल्ने निर्णय गरेता पनि संघले अर्को सूचना जारी नभएसम्म सबै बन्दको निर्णय लिएको छ ।
दमककाे सब्जी बजारका एक व्यवसायीमा काेराेना भाइरस देखिएसँग शुक्रबारदेखि दमकमा समय ताेकेर पसल खाेल्न थालिएकाे थियाे । धुलिखेलमा उपचारमा क्रममा रहेका ती व्यवसायी सब्जी बजारमा पसल गर्थे ।
शुक्रबार दमकमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपाल विद्युत प्राधिकरणका ५ जना कर्मचारी र क्वारेन्टाइन मा रहेकी एक महिला मा संक्रमण देखिएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्