भोलि देखि दमकमा पनि कडाइ

पढ्न समय: 1 मिनेट

झापा, साउन २९ । दमक नगरपालिकाले भोलि साउन ३० गते देखि आशिंक लकडाउन गर्ने निर्णय गरेको छ । नगरपालिकामा नगर प्रमुखको अध्यक्षतामा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धिको समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।‌
बैठकले औषधि बाहेकका पसलहरु बिहान ८ देखि दिउसो ४ बजेसम्म मात्रै खोल्न पाउने निर्णय गरेको छ । यस्तै मोटरसाइकलमा एक जना मात्रै चढ्न दिने, बजार, हाट, मेला सबै बन्द गर्न भनेको छ । ठेला फुटपाथ बन्द गर्ने, तरकारी पसलमा पनि पालैपालो मात्रै खोल्न दिने निर्णय गरेको छ । बैँक तथा बित्तीय संस्था समेत हप्ताको ३ दिन मात्रै सन्चालन हुने भएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्