
भदौ २५ गौरीगञ्ज । हरेक मँगलबार बन्द रहदै आएको झापाको गौरीगञ्ज बजार अब मँगलबार पनि खुल्ला रहने भएको छ । झापा उद्योग बाणिज्य सँघ गौरीगञ्जले नजिकिदै गरेको चँडपर्वहरुलाइ मध्यनजर गरि भोलि भदौ २६ गते देखि मँसिर ५ गते सम्म मँगलबार पनि गौरीगञ्ज बजार खुल्ला राख्ने निर्णय गरेको छ ।
उद्योग बाणिज्य सँघ गौरीगञ्जले एक सुचना जारि गर्दै अब मँगलबार पनि गौरीगञ्ज बजार खुल्ला रहने जनाएको छ । यस अघि हरेक मँगलबार गौरीगञ्ज बजार बन्द रहदै आएको थियो ।