
बैशाख १२, विराटनगर / विराटनगर महानगरपालिकाले बैशाख भर शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ । शैक्षिक प्रशासन महाशाखा ले एक सुचना जारी गर्दै कोरोना महामारीको दोस्रो लहर बढैसँगै महानगरपालिका भित्रका विद्यालयहरु बैशाखभर बन्द गर्ने निर्णय गरेको जनाएको छ ।
महामारीकाे जाेखिम बढेकाले भाैतिक रूपमा लिइने कक्षा परीक्षा बैशाख मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय भएकाे विराटनगर महानगरपालिकाकाे शैक्षिक प्रशासन महाशाखा प्रमुख दुर्गाप्रसाद खतिवडाले जनाएकाछन् । ‘बैशाख मसान्तसम्म भाैतिक रूपमा लिइने कक्षा र परीक्षा स्थगित गर्ने निर्णय भएकाे छ,’ उनले भने, ‘बैशाख मसान्तपछि अवस्था हेरेर अर्काे निर्णय हुन्छ ।’
महानगर भित्रका विद्यालयले परीक्षाका लागि भन्दै एकसाता अघि बिदा दिएका थिए ।