
चैत १७ झापा। चैत १८ गते बुधबारबाट झापाको गौरीगञ्ज गाउँपालिका मा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु हुने भएको छ । सो कार्यका लागि गाउँपालिका भरि ३४ जना अपरेटर खटाइएको छ ।
भोलि बुधबारदेखि शुरु हुन लागेको राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन का लागि गौरीगञ्जका छ वटै बडाले टोलगत रुपमा सेवा प्रवाहका लागि तालिका बनाएका छन् ।
वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवंशी ले दिएको जानकारी अनुसार वडा नँ १ मा ३ वटा केन्द्र तोकिएको छ । सो वडामा बाल कल्याण माबि केन्द्र बाट चैत १८ र १९ गते साबिक महाभारा गाबिसको वडा नँ ३ का जनताले २० र २१ गते साबिक महाभारा ४ नँबर वडाका जनताले र २२ गते दुबै वडाका छुटमा परेका जनताले सेवा पाउनेछन् । त्यसैगरी जनकल्याण प्राबि केन्द्र बाट चैत १८ र १९ गते साबिक महाभारा १ का जनताले, २० र २१ गते साबिक महाभारा २ का जनताले, २२ र २३ गते साबिक महाभारा ८ का जनताले, २४, २५ र २६ गते साबिक महाभारा ९ का जनताले र २७ र २८ गते यि वडाका छुटमा परेकाहरुलाई सेवा प्रदान गरिने छ ।
पृथ्वीनारायण प्राबि केन्द्र बाट चैत २३ र २४ गते साबिक महाभारा ५ का जनताले, २५ र २६ गते साबिक महाभारा ६ का जनताले २७ र २८ गते साबिक महाभारा ७ का जनताले सेवा पाउनेछन् ।
त्यसैगरी गौरीगञ्ज वडा नँ २ को कार्यालय कोरोबारीले समेत टोलगत रुटिन तयार पारेको छ । वडा नँ २ का वडाध्यक्ष अघनु प्रसाद राजवंशी का अनुसार राष्ट्रिय परिचयपत्र वितरण व्यवस्थापन का लागि वडा मा एक मात्र केन्द्रको व्यवस्था गरिएको छ र सो केन्द्र वडा कार्यालय मै रहने छ । वडाध्यक्ष राजबँशीका अनुसार चैत १८ र १९ गते रामलाल टोल , बिरपुर टोल र आमगाछी (साबिक २ नँबर) का जनताले सेवा पाउनेछन् । चैत २० देखि २२ गतेसम्म पेरवाखोपि टोल, भाकुरमारी (साबिक ९ नँबर) र तुलाचन चोक आसपास का जनताले सेवा पाउनेछन् । २३ र २४ गते वडा कार्यालय उतर टटुवामारी, लालमाटी सन्थाल बस्ती र भाकुरमारी (साबिक ८ नँबर) का जनताले सेवा पाउनेछन् । २५ र २६ गते वडा कार्यालय दक्षिण टटुवामारी , वाउनटोल (साबिक १ नँबर) र बासुटोल बघाचौधरी का जनताले सेवा पाउनेछन् । २७ र २८ गते सुनसरिया टोल (साबिक ३ नँबर) तुलारचौन दक्षिण हरि भटराइको घरसम्म, बाधगाउ (साबिक ६ नँबर वडा) का जनताले सेवा पाउनेछन् । २९ र ३० गते चस्मेटोल, हेम्नाडागी र छुटपुट मा परेका सबैले सेवा पाउने कुरा वडाध्यक्ष अघनु प्रसाद राजवंशी ले बताएका छन् ।
वडा नँ ३ का वडा सचिव अजय शाहले दिएको जानकारी अनुसार गौरीगञ्ज वडा नँ ३ मा दुइ वटा केन्द्र बाट सेवा प्रदान गरिने छ । गौरीगञ्ज प्रबि केन्द्र बाट चैत १८ र १९ गते कृपालटोली, २० र २२ गते साहु बस्ती त्रिमूर्ति चोक, २३ र २४ गते बुधबारे बजार, २५ र २६ गते वडा कार्यालय उत्तर, २७ र २८ गते लालडिगी र २९ गते हुकागाछीका जनताले र छुटपुट मा परेकाले सेवा पाउनेछन् । त्यसैगरी गौरीगञ्ज क्याम्पस केन्द्र बाट १८ र १९ गते ठेकिटोल चोक आसपास, २० र २२ गते तेलकानी चोक गिरी टोल र क्याम्पस आसपास, २३ र २४ गते शेर्पा टोल र दन्तकाली, २५ र २६ गते सुदामभिट्टा, २७ र २८ गते तल्लो तेलकानी र बगुवा तथा २९ गते छुटमा परेका सबैले सेवा पाउने छन् ।

गौरीगञ्ज वडा नँ ४ मा भने १९ गतेबाट मात्र सेवा शुरु हुनेछ । सो वडामा वडा कार्यालय मा राखिएको एउटै केन्द बाट सेवा प्रदान गरिने भएको छ । वडा नँ ४ का वडाध्यक्ष कुल प्रसाद गिरीका अनुसार १९ गते देखि २२ गतेसम्म जिम्दार टोल, सन्थाल टोल, हुकागाछी र जयगुरु टोलका जनताले , २३ गतेदेखि २५ गतेसम्म लालमोहनको घरदेखि नया बजार रामबहादुर को घरसम्म का जनताले, २६ गतेदेखि २९ गते सम्म रामबहादुरको घरदेखि अल्ताबारी सम्म ३० गतेदेखि ३१ गतेसम्म फकेडुप, बेलगाछी, कदुभिटा र सतारबस्ती बैशाख ३ गतेदेखि ५ गतेसम्म बाह्रसुदी, नयाँबजार पश्चिम सुकुम्बासी टोल सम्म तथा ६ र ७ गते छुटमा परेकासबैले सेवा पाउनेछन् ।

त्यसैगरी वडा नँ ५ को कार्यालय ले दुइवटा केन्द को व्यवस्था गरेको छ । वडा नँ ५ का वडाध्यक्ष बिजय सिँह गन्गाई का अनुसार वडा कार्यालय केन्द बाट साबिक खजुरगाछी गाबिसको साबिक ३,४ र ९ नँबर बडाका जनताले सेवा पाउनेछन् भने जनता बालविकास प्राबि केन्द्र बाट साबिक खजुरगाछी गाबिसको साबिक १ र २ नँबर वडाका जनताले सेवा पाउनेछन् । सो वडामा भोलि देखि १० दिन सम्म टोलिले सेवा प्रदान गरिने बताइएपनि आवश्यकता अनुसार समय थप गरिने बुझिएको छ ।
त्यसैगरी गौरीगञ्ज वडा नँ ६ मा सेवा ग्राही हरुका लागि टोकनको समेत व्यवस्था गरिएको छ । सो वडामा दुइवटा केन्द को व्यवस्था गरिएको छ । वडा नँ ६ का वडाध्यक्ष बद्री नारायण यादव का अनुसार खजुरगाछी माबि केन्द्र बाट साबिक खजुरगाछी गाबिसको ५ र ७ नँबर वडाका जनताले र वडा कार्यालय केन्द्र बाट साबिक खजुरगाछी गाबिसको ६ र ८ नँबर वडाका जनताले सेवा पाउनेछन् ।

राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने का लागि स्पष्ट बुझिने नेपाली नागरिकताको प्रमाणपत्र, सम्बन्धित वडा बाहेक अन्य स्थानबाट नागरिकता लिएको भए बसाई सराई को प्रमाण पत्र , अबिबाहित अवस्थामा महिलाले नागरिकता प्राप्त गरेको भए विवाह दर्ता प्रमाणपत्र, र जन्म मिति स्पष्ट नखुलेको नागरिकता भए जन्म मिति खुल्ने अन्य प्रमाण पत्र आवश्यक पर्ने कुरा सबै वडाहरुले सुचना जारी गरेका छन् ।