१६ कार्तिक, गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आए यता गाउँपालिकामा कार्यरत कर्मचारी हरुलाई भेदभाव पुर्ण व्यवहार हुन थाले पछि गौरीगञ्ज गाउँपालिका का कर्मचारी हरु सँगठित भएका छन् । साउन २५ गते देखि गाउँपालिकामा हाजिर भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले कर्मचारी हरु बिच भेदभाव पुर्ण ब्यबहार गर्ने थालेपछि कर्मचारी हरु सँगठित हुनु परेको कुरा श्रोत ले बताएको छ ।
बुधबार कार्यालय समय पश्चात बेलुका ४ बजे कमचारी हरुको बसेको भेलाले शाखा अधिकृत विरेन्द्र खड्काको सँयोजकमा १५ सदस्यिय स्थानीय तह कर्मचारी हित केन्द समिति गठन गरेको छ ।
स्थानीय तह गठन भए यता बिगत ५ बर्ष सम्म गौरीगञ्ज गाउँपालिकामा कर्मचारी हरु सँगठित हुनु परेको थिएन । तर पछिल्लो समयमा प्रमुख प्रशासकीय अधिकृत बाटै कर्मचारी हरुलाई भेदभाव पुर्ण ब्यबहार हुन थालेपछि कर्मचारी हरुको हकहित का लागि सँगठित हुनु परेको कुरा श्रोत ले बताएको छ । भेलामा गाउँपालिकामा कार्यरत ४८ जना कर्मचारी हरुको उपस्थिति रहेको थियो भने अधिकृत खतिवडा निकटका कर्मचारी हरुको उपस्थिति रहेको थिएन ।
प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडा गौरीगञ्ज गाउँपालिकामा हाजिर भए पश्चात गाउँपालिका को भुगोल अध्ययन गर्न छोडेर आफु निकटका कर्मचारी हरुलाई अनुकुल हुने शाखा मा तान्ने जस्ता गतिविधि गरेका थिए भने पछिल्लो समय कार्यपालिका बैठकमा ब्यापक छलफल नै नचलाई आफु र आफु निकटका कर्मचारी मालामाल हुने गरि अतिरिक्त सेवा सुविधा एवम् प्रोत्साहन भत्ता सँबन्धि कार्यविधि २०७९ गौरीगञ्ज राजपत्रमा प्रकाशित गरेका थिए । उनले सार्वजनिक निकायमा खरिद सँबन्धि कार्य गर्ने कर्मचारी को योग्यता निर्धारण मापदण्ड २०७८ को मर्म बिपरित गाउँपालिकामा बरिष्ठ कर्मचारी हुँदा हुँदै आफु निकटका कनिष्ठ कर्मचारी लाई खरिद तथा जिन्सी शाखाको जिम्मेवारी दिएका छन् । कमिशनको लोभमा प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बिज्ञापन शिर्षकमा गाउँपालिका को लाखौ रकम खर्चेका छन् ।
कर्मचारी सँगठित भएपछि डराएका प्रमुख प्रशासकीय अधिकृत खतिवडाले भोलि १७ गते ११ बजे कर्मचारी बैठक बोलाएको कुरा बूझिएको छ ।