भुकम्पको झड्काले हल्लियो पुर्वी नेपाल

पढ्न समय: 1 मिनेट

चैत २३ गौरीगञ्ज । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भारतको सिक्किम (बिनागुडी) केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको केहि बेर अघि राति ९ बजेर ६ मिनेटमा धक्का महसुस भएको हो।

भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ।

- Advertisement -
Ad image

भुकम्पको झट्का महसुस भएपछी पुर्वी नेपालका फेसबुक प्रयोगकर्ता हरुले फेसबुक मा भुइँचालो गएको स्टाटस लेखेका छन् ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्