चैत २३ गौरीगञ्ज । नेपालको पूर्वी पहाडी र तराई क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। भारतको सिक्किम (बिनागुडी) केन्द्रबिन्दु बनाएर गएको भूकम्पले पूर्वी नेपालमा भूकम्पको केहि बेर अघि राति ९ बजेर ६ मिनेटमा धक्का महसुस भएको हो।

भूकम्पको धक्का सुनसरी, मोरङ, भोजपुर, खोटाङ संखुवासभासहितका जिल्लामा पनि महसुस भएको छ।

भुकम्पको झट्का महसुस भएपछी पुर्वी नेपालका फेसबुक प्रयोगकर्ता हरुले फेसबुक मा भुइँचालो गएको स्टाटस लेखेका छन् ।
भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिक्कीमलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पको मापन ५.६ रेक्टर स्केल छ।