भारतको किट कलेजमा फेरी एक नेपाली क्षात्राको शँकास्पद मृत्यु

पढ्न समय: 3 मिनेट

भारतको किट कलेजमा फेरी एक नेपाली क्षात्राको शँकास्पद मृत्यु

भारतको ओडिसा राज्यमा रहेको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत एक अर्की नेपाली छात्रा मृत फेला परेकी छिन् । बिटेक प्रथम वर्षमा अध्ययनरत पर्साको वीरगन्जकी १९ वर्षीया प्रिँसा साह विश्वविद्यालयको होस्टेलमा बिहीबार साँझ मृत भेटिएकी हुन् ।

- Advertisement -
Ad image

किटमै अध्ययनरत रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल मृत फेला परेको साढे दुई महिनामा फेरि अर्को घटना भएको हो ।

दिल्लीस्थित नेपाली दूतावासका काउन्सिलर सञ्जीव शर्मा दासले पनि विश्वविद्यालयको छात्रावासस्थित आफ्नै कोठामा प्रिसा मृत फेला परेको खबर प्राप्त भएको पुष्टि गरे । प्रिसाले आत्महत्या गरेको र ओडिसा प्रहरीले घटनाको अनुसन्धान थालेको जानकारी प्राप्त भए पनि विस्तृत कारण खुल्न नसकेको दासले बताए । 

भारतीय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार होस्टेल प्रशासनले हाजिर लिने क्रममा बिहीबार साँझ साढे सात बजे उनी बस्ने १११ नम्बर कोठाको ढोका ढकढकाउँदा पनि खुलेन । त्यसपछि बलपूर्वक ढोका खोलेर प्रवेश गर्दा उनी झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवारका सदस्य आएपछि मात्र पोस्टमार्टम गर्ने गरी भुवनेश्वर प्रहरीले शव सुरक्षित राखेको दूतावासलाई जानकारी दिइएको छ ।

भुवनेश्वर–कटकका प्रहरी आयुक्त एस देवदत्त सिंहले छात्रा मृत फेला परेको जानकारी विश्वविद्यालयबाट प्राप्त भएपछि आफूहरूले अनुसन्धान थालेको बताएका छन् । ‘खुला आँखाले हेर्दा शरीरमा घाउचोट देखिएको छैन ।

भारतको विद्यार्थी सङ्गठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेपछि दोषीलाई कारबाही गर्न माग गरेको छ । 

एबीभीपी विज्ञप्ति जारी गर्दै केआईआईटीमा पुनः नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु लज्जास्पद भएको बताएको छ । एकै प्रकृतिको घटना बारम्बार हुँदा पनि राज्य सरकार मौन रहेको भन्दै एबीभीपीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न माग गरेको छ । 

अढाइ महिना अघि गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन् ।  थिइन् । आफूमाथि मानसिक दुर्व्यवहार र ब्ल्याकमेल भएकाबारे प्रकृतिले दुईपटक विश्वविद्यालय प्रशासनमा उजुरी दिँदा पनि कुनै सुनुवाइ नभएपछि मृत्युको बाटो रोजेकी थिइन् । विश्वविद्यालयकै एक भारतीय विद्यार्थीले केही समयदेखि प्रकृतिलाई ‘ह्यारेसमेन्ट’ गरिरहेका थिए । आफूमाथि भइरहेको दुर्व्यवहारबारे जानकारी गराउँदासमेत प्रशासनले चासो नलिएका कारण घटना भएको भन्दै विद्यार्थी आक्रोशित बनेका थिए । विरोध प्रदर्शन भएपछि कलेज प्रशासनले नेपाली विद्यार्थीलाई कुटपिट र दुर्व्यवहार गर्दै छात्रावासबाट निकालेको थियो । 

साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको बताइएको छ। प्रकृति लम्साल बस्दै आएको होस्टेलमै उनी पनि बस्दै आएकी थिइन्। 

केआइआइटीमा करिब ४० हजार विद्यार्थी अध्ययनरत छन्, तीमध्ये नेपाली विद्यार्थीको संख्या कम्तीमा १२ सय छ ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्