
असोज २१ मेचीनगर । काकडभिट्टा स्थित मेचीपुलबाट लागु औषध ब्राउन सुगर सहित दुइजना पक्राउ परेका छन् । सोमबार मेचीपुलमा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट सप्रवह सुमन भण्डारीको डग स्क्वाड टोली र लागुऔषध अनुसन्धान व्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलिले भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको जिल्ला झापा बुद्धशान्ति गा.पा. ३ बस्ने बस्ने वर्ष २३ को रोजन राजवंशी र जिल्ला धनुषा मिथिला नपा ९ वस्ने वर्ष २८ को श्याम बहादुर लोप्चनलाई ब्राउन सुगर सहित पक्राउ गरि ईप्रका काँकरभिट्टा झापामा बुझाएको जानकारी सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हे.क्वा. झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज विष्टले दिएका छन् । निजहरु माथि शंका लागि चेकजाँच गर्दा निजहरुले मलद्वारमा लुकाई ल्याएको ब्राउन सुगर फेला परेको थियो ।
राजवँशीको साथ बाट १ ग्राम ५६० मिलिग्राम लागु औषध ब्राउन सुगर र लोप्चनको साथबाट ३५ ग्राम लागु औषध ब्राउन सुगर फेला परेको कुरा सुचना अधिकारी बिष्टले जानकारी दिएका छन ।