माघ २७, काठमाडौं : सरकारले पहिलो चरणमा ४० जिल्ला र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले आगामी वैशाख १७ गते देशका ४० र २७ गते बाँकी ३७ जिल्लामा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको हो।
वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका ४० जिल्ला र वैशाख २७ गते प्रदेश १, बागमती र कर्णालीमा चुनाव गर्ने निर्णय गरेको हो।
सरकारले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो ।