बृद्धाभत्ता बढाएर चाँडै चार हजार पुर्याइने : ओली

प्रधानमन्त्री केपी ओलीले वृद्धभत्ता बढाए चाँडै ४ हजार पुु-याइने घोषणा गरेका छन् । अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजना गरेको भेलामा ओलीले यस्तो घोषणा गरेका हुन् ।
‘यस देशमा जनतालाई हेर्ने हामीबाहेक को छ ? गफ गरेर हुन्छ ? ०५१ सालमा १ सय रुपैयाँबाट हामीले सुरु गरेको सामाजिक सुरक्षा भत्ता, अहिले ३ हजार पुु-याएका छौं । ५ हजार पुु-याउने हाम्रो उद्देश्य छ,’ ओलीले भने,‘४ हजार त छिट्टै पुु-याइहाल्छौं । छिट्टै पुु-याउँछौं हामी । तर, जनतालाई हेर्ने अरु कोही छ ?’
वृद्धवृद्धा र शारिरिक अपांगता भएका व्यक्तिहरुलाई आफ्नो सरकारबाहेक अरुले नसम्झिएको दाबी पनि उनले गरे ।

अघिल्लो लेखमाप्राणी शास्त्रको अनुसन्धानका लागि प्रदेश सरकार सकारात्मक
अर्को लेखमागौरीगञ्ज वडा नँ १ मा पहिलो दिन ५७ जनाले लगाए कोरोना बिरुद्ध को खोप