बुधबार देखि गौरीगञ्जको बुधबारे हाट साविककै ठाउँमा लाग्ने

पढ्न समय: 1 मिनेट


गौरीगञ्ज , असोज १९ । लकडाउन खुलेपछी पनि पछिल्लो समय गौरीगञ्जमा प्रत्येक बुधबार वडा नँ ३ मा लाग्दै आएको साप्ताहिक हाट समेत वडा नँ ६ मा लाग्न थालेपछी सो बारको हाट बजार साविककै वडा नँ ३ को पुरानो बजारमा लगाउने पहल शुरु गरिएको छ ।
लकडाउन अबधीमा वडा नँ ३ को साबिकको स्थानमा बिकास निर्माणको काम शुरु गरिए यता माटो न सम्याइएकाले हाट लगाउने स्थान साँघुरो हुदै आएको थियो । बुधबारे बजार समेत शनिबारे बजार तिर सरेको जनगुनासो आउन थालेपछी शनिबार वडा नँ ३ को साबिकको बुधबारे बजारमा डोजर चलाएर माटो सम्याउने काम गरिएको कुरा वडा नँ ३ का वडाध्यक्ष मखना महतोले बताएका छन् । यो बुधबार देखि साविककै स्थानमा हाट लगाइने खबर चारै तिर गरिसकेको समेत उनले बताएका छन् ।
वडा नँ ३ को बुधबारे बजार मा शहरी बिकास आयोजना अन्तर्गत क्षेत्र बिस्तार गरी टहरा सहित बजारको पुरै क्षेत्रमा ब्लक ओछ्याउने योजना रहेको र सो कार्यका लागि बजारको अतिक्रमित जग्गा खालि गराउने काम अघि नबढेको ले काममा ढिलाइ भएको कुरा वडाध्यक्ष महतोले जनाएका छन् । स्थानिय हरुको साथ र सहयोग भए यहि बर्षसो हाट बजार मा ब्लक ओछ्याउने लगायतको काम सम्पन्न हुने कुरा बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्