बिहारमा जेठ १ गतेसम्म लकडाउन

पढ्न समय: 1 मिनेट

वैशाख २१, गौरीगञ्ज । कोरोना सँक्रमण दर बढ्दै गएपछि भारतको बिहार राज्यमा मंगलबारदेखि लकडाउनको घोषणा गरिएको छ । बिहारका मुख्यमन्त्री नितिश कुमारले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार मन्त्रीहरु र सरकारी अधिकारीसँगको छलफलपछि यो निर्णय लिइएको जानकारी दिएका छन् । मे १५ अर्थात जेठ १ गतेसम्मका लागि लकडाउनको घोषणा गरिएको छ ।

ट्विट

बिहारमा सोमबार एकै दिन कोरोनाका ११ हजार ४०७ नयाँ संक्रमित फेला परेका थिए भने ८२ कोरोना संक्रमितको मृत्यु भएको थियो । बिहारको पटनामा मात्र सोमबार २४ जनको मृत्यु भएको थियो ।

- Advertisement -
Ad image
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्