बिषाधि युक्त प्रतिबन्धित माछा नियन्त्रणमा लिई नष्ट पारियो

माघ २१, गौरीगञ्ज ।‌ भारतबाट ल्याइ गौरीगञ्ज बजारमा बेच्न राखिएको प्रतिबन्धित बिषाधि युक्त तथा कुहिन लागेको माछा नियन्त्रणमा लिई नष्ट गरिएकोछ । उद्योग वाणिज्य संघ गौरीगञ्ज, वडा नँ ३ को कार्यालय र ईलाका प्रहरी कार्यालय गौरीगञ्जको सँयुक्त टोलिले करिब ५०० किलो कुहिन लागेको तथा बिषाधियुक्त माछा नियन्त्रणमा लिई नष्ट गरेको हो ।
वडा नँ ३ का वडाध्यक्ष मखना महतो, ईलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख राकेश रेग्मी, खजुरगाछी क्वारेन्टाइन का मासु मानवहादुर लम्जेल, र उद्योग वाणिज्य संघ गौरीगञ्ज का कार्यालय प्रतिनिधि रोशन यादब सहितको टोलिले आज गौरीगञ्जको बुधबारे बजारमा अनुगमन गर्दा भारतबाट अबैध रुपमा ल्याएका बजारमा प्रतिबन्धित फर्मालिन जस्ता बिषाधि युक्त तथा कुहिएका माछाका बेच्न राखिएको अवस्थामा फेला परेको थियो । टोलिले ति ब्यापारि हरुलाइ पहिलोपटक भनेर सँझाइ बुझाइ घर पठाएका थिए ।
अनुगमन टोलि फर्किएपछी दिउसो पुन: ति ब्यापारीहरुले बजारमा फेरि ति कुहिन लागेका तथा बिषाधि युक्त माछाहरु बेच्न राखेपछी वडा कार्यालय वाणिज्य संघ र प्रहरी को सँयुक्त टोलिले सो माछा नियन्त्रणमा लिई खाल्डो खनेर पुरेका थिए ।
खजुरगाछी को भारु चोकमा क्वारेन्टाइन कार्यालय हुँदाहुदै पनि भारतीय व्यापारी हरुले अबैध रुपमा बिषाधि युक्त माछाहरु ल्याइ बिक्री वितरण गर्ने गरेको भएतापनि क्वारेन्टाइन कार्यालय ले कुनै चासो नदिएको गुनासो स्थानिय हरुले गर्ने गरेका थिए ।

अघिल्लो लेखमाभोलि देशभरी आम हडताल (बिज्ञप्ती सहित)
अर्को लेखमाईटहरीका दस जना पत्रकार लाइ लेखनबृति फेलोशिप प्रदान