बिर्तामोड किर्ते जग्गा काण्ड : कुञ्जिबारीका एक सहित १० पक्राउ, गौरादहका वडाध्यक्ष फरार

पढ्न समय: 3 मिनेट

झापा । झापा विर्तामोड –१ स्थित स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० जनालाई झापा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । सोहि कार्यमा संलग्न रहेका ६ जना फरार रहेको प्रहरीको भनाई छ ।

उनीहरुले बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए ।

- Advertisement -
Ad image


झापा प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर विक्रि गर्ने मुख्य नाइके गौरीगञ्ज – १ कुन्जिबारीका बलराम विश्वकर्मा (सुसिल) रहेको खुलासा भएको छ । उनी केहि वर्षदेखि विर्तामोडमा बसेर दुई नम्बरी धन्दा गर्दै आएका थिए । यसअघि उनलाई प्रहरीले नक्कली राजश्वको स्टीकर सहित पक्राउ गरेको थियो । उनलाई त्यो बेला राजनीतिक संरक्षण गरेर छुटाइएको थियो । प्रहरीले उपलब्ध गराएको विवरणमा सुसिल नै मुख्य नाइके भएको पाइएको छ ।

उनीसहित प्रहरीले बाह्रदशी–३ घर भई विर्तामोड –२ बस्दै आएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी एवा् नमस्ते होटल चन्द्रगडीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोवारी बाह्रदशी –५ का ५० वर्षीय लिलाधर राजवंशी, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी –८ का भुपदेव कटुवाल, विर्तामोडमा ट्याक्टर सोरुम सञ्चालन गर्ने अर्जुनधारा –५ का ५३ वर्षीय लेखनाथ खनाल, दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड –४ का ४३ वर्षीय गोविन्द वान्तावा (मिलन ) , विर्तामोड १० घर भई कोटिहोम बस्दै आएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, विर्तामोड –४ कि ३३ वर्षीया रञ्जु राई र उर्लावारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

फरार हुनेहरुको सुचीमा गौराहद ७ का वडाध्यक्ष बलराम खरेल समेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बिर्तामोड १ को जग्गा किनबेचमा सलग्न बलराम विश्वकर्मा शुसिलसँग मिलेर सरकारी कागजात किर्ते गरेको अभियोग उनलाई लागेको छ । खरेलले मालपोत कार्यालयबाट जग्गा पास गर्नको लागि आवश्यक हुने घरबाटो सिफारिस,तिरो तिरेको रसिद बनाइएको आरोप प्रहरीले लगाएको छ । यस्तै किर्ते कागजात तयार गर्न सरसहयोग गरेको, अधिकृत वारेशनामा गर्ने कार्यको लागि अन्य प्रतिवादीहरुसंगै काठमाण्डौ जिल्ला अदालतसम्म गई समन्वयात्मक भूमिका खेलेको तथा अन्य प्रतिवादीहररुलाई भाग्न भगाउने कार्यमा संलग्न भएको दाबी प्रहरीको छ ।

वडाध्यक्ष खरेल सँगै सोहि मुद्दामा, मालपोत भद्रपुरका अधिकृत चेतन अधिकारी, मालपोतका तत्कालिन नासु हरी तिवारी, ओखलढुङ्गा चिशंखुगडी –७ का बेग प्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङग –११ का देव बहादुर विष्ट र भद्रपुर ७ का ५३ वर्षीय प्रकाश कार्की फरार रहेका छन् ।

उनीहरु विरुद्ध ठगि, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्धामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिहरेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्