१८ साउन, विराटनगर । नापी कार्यालय विराटनगरमा कार्यरत दुइ जना कर्मचारी सहित १० जनामा कोरोना सँक्रमण देखिएको छ । कार्यालयका खरिदार र कार्यालय सहयोगी कर्मचारीलाई कोरोना भाईरस पुष्टि भएको हो ।
कार्यालयका पाँच कर्मचारीको स्वाब संकलन गरी परीक्षणका लागि कोसी अस्पतालको प्रयोगशालामा शुक्रबार पठाइएको थियो । परीक्षणका क्रममा दुईजनाको रिपोर्ट पोजेटिभ आएको हो ।
आइतबार विराटनगरका विभिन्न वडाका ४ महिला र ४ पुरुषमा समेत कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये कोसी अस्पतालकै स्वास्थ्यकर्मी समेत छन् ।
महानगरका जनस्वास्थ्य प्रमुख रमेश कार्कीले १३ जनाको रिपोर्ट पोजेटिभ आएपनि सबैको विवरण यकिन भईनसकेको बताएकाछन् ।