जेठ ४, गौरीगञ्ज । विराटनगरको ब्यस्त बजारमा आज एक जनामाथि दिन दहाडै चक्कु प्रहार भएको छ । विराटनगरस्थित ट्राफिक चोकमा ३२ वर्षिय राहुलकुमार साहमाथि चक्कु प्रहार भएको हो ।

साहमाथि स्थानीय जितेन्द्र कामतले चक्कु प्रहार गरेको कुरा प्रहरीले जनाएको छ । । चक्कु प्रहारबाट साह घाइते भएका छन् । उनको हातमा चोट लागेको छ ।

घाइते साहको कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक रञ्जनकुमार दाहालले हाम्रो विराटनगरलाई जानकारी दिए । चक्कु प्रहार गर्ने कामतलाई प्रहरीले पक्राउ गरेको छ ।