बैशाख ३ गौरीगञ्ज । अबैधानिक रुपमा गठन गरिएको उपभोक्ता समिति द्वार सँझौता गरिएको वडा नँ ३ को वडा कार्यालय भवनको शुक्रबार गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले शिलान्यास गरेका छन् । गौरीगञ्ज गाउँपालिकाले राजपत्रमा जारी गरेको उपभोक्ता गठन, परिचालन तथा व्यवस्थापन सँबन्धी नियमावली मा एक ब्यक्ति एक भन्दा बढि उपभोक्ता समिति मा बस्न नपाईने नियम छ । सो नियमावली विपरित ठेकिटोल स्वास्थ्य चौकी जाने सडक उपभोक्ता समिति का सचिव सिताराम खड्का लाई नै सुनियोजित रुपमा वडाध्यक्ष मखना महतोकै रोहबरमा भवन निर्माण समिति को अध्यक्ष बनाइएको हो ।
ठेकिटोल स्वास्थ्य चौकी जाने सडक उपभोक्ता समिति ले वडासँग योजना सँझौतै नगरी नियम बिपरित काम शुरु गरेका थिए । यो योजनाको जग्गा समेत वडा कार्यालय मा नामसारी नभइसकेको कुरा जग्गाधनी का परिवारका एक सदस्यले बताएकाछन् । सो योजना हाल सम्म फरफारक समेत भइसकेको छैन । वडाको नाममा जग्गा नै नामसारी नगरी तथा वडा कार्यालय सँग सँझौतै नगरी नियम मिचेर काम गरेको उपभोक्ता समिति का पदाधिकारी हरुलाई कारवाही गर्नुको साटो वडाध्यक्ष महतोले सो समिति का सचिव सिताराम खड्का लाई रु ४० लाख को ठुलो बजेटमा बन्न लागेको वडा कार्यालय भवनको उपभोक्ता समिति अध्यक्ष बनाएका हुन् ।
सिताराम खड्का ले ठेकिटोल स्वास्थ्य चौकी जाने सडकको उपभोक्ता समिति बाट राजिनामा दिइसकेको भन्दै वडाध्यक्ष महतोले खड्काको बचाउ गरेका छन् । यद्यपि सो समिति का अध्यक्ष होमनाथ दाहालले चैत ३१ गते सम्म सचिव खड्काको राजिनामा नआएको कुरा खुलासा गरेका थिए । ठकिटोल स्वास्थ्य चौकी जाने सडकको सँझौता पत्र र सचिव को राजिनामा हेर्न माग्दा वडा सचिव अजय साह र वडाध्यक्ष महतोले सो सँझौताको फाईल ठेकेदारले लगेको गैर जिम्मेवार जवाफ दिएकाछन् । जबकि उपभोक्ता समिति ले कुनै ठेकेदारलाई काम जिम्मा लाउन पाईदैन ।
वडा नँ ३ को भवन निर्माण समिति अबैधानिक रहेको कुरा सञ्चार माध्यम मा खुलासा भइसक्दा समेत गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ ले सो भवनको शिलान्यास गर्नुलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।
गाउँपालिका अध्यक्ष श्रेष्ठ ले आफु अध्यक्ष पदमा निर्वाचित भए लगतै दिएको मन्तव्य मा उनले आफु एकैरुपैया पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्ने नदिने कुरा बताएका थिए । रकम हिनामिना गर्नु मात्र भ्रष्टाचार होइन , नियम मिचेर गरेको कृयाकलाप समेत भ्रष्टाचार को परिभाषा भित्र पर्दछ । बिबादमा आईसकेको समिति उपर छानविन गरि कार्वाही गर्नुको साटो सोहि समिति लाई नै निरन्तरता दिदै अध्यक्ष बाबुराजा श्रेष्ठ आफैंले शिलान्यास गर्नु ले गाउँपालिका भित्र अनियमितता को चेन कति लामो छ भन्ने कुरा स्पष्ट भएको छ ।