जेठ १ गौरीगञ्ज । बिबादका बिच गौरीगञ्ज वडा १ को मत परिणाम घोषणा गरिएको छ । खसेको मत र गणना मत बिच झण्डै २ सय मतको अन्तर देखिएपछि नेपाली काँग्रेस लगायतका केहि दल का गणना प्रतिनिधि ले मत परिणाम मा हस्ताक्षर नगरि बाहिरिएका थिए।

दलहरुका प्रतिनिधि हरुको सहमति बिना नै निर्वाचन अधिकृत को कार्यालय ले नेपाली काँग्रेस र एमाले उम्मेदवार को बराबरी ११ सय ८१ मत प्राप्त गरेको घोषणा गरिएको छ ।

यता नेपाली काँग्रेस का वडाध्यक्ष उम्मेदवार कार्तिक लाल राजवँशी ले आफ्ना दलका प्रतिनिधि हरुको सहमति बिना निर्वाचन अधिकृत ले मत परिणाम घोषणा गरेर जवरजस्ती परिणाम लाद्न खोजेको प्रतिकृया दिएका छन् । उनले एमालेको मिलेमतोमा निर्वाचन अधिकृत भेषराज कोइराला ले मत गणनामा धाधली गरेको आरोप लगाएका छन् ‌ । मतपरिणाम घोषणा भइसक्दा तपाईको अबको बाटो के हुन्छ भन्ने प्रश्न मा काँग्रेस उम्मेदवार राजवंशी ले कानुनी उपचार खोज्ने बताएका छन् ।

यसै बिच काँग्रेस उम्मेदवार कार्तिक लाल राजवँशी ले निर्वाचन अधिकृत को कार्यालय मा उजुरी दर्ता गराएका छन् । उजुरी मा मत गणनामा धाधली भएको र मत गणना स्थगित गर्न भनिएको छ ।