असार २८, गौरीगञ्ज । निजि तथा सँस्थागत बिद्यालय हरुको छाता सँगठन प्याबसन आबद्ध गौरीगञ्जका बोर्डिङ स्कुल हरुले गाउँपालिका लाई ज्ञापन पत्र बुझाएको छ । कोरोना बाट त्रसित जनजीवन सामान्य उन्मुख भइरहेको बेला स्वास्थ्य सुरक्षा का मापदण्ड पुरा गरेर विद्यालय सञ्चालन गर्ने पाउनुपर्ने माग गर्दै बिद्यालय हरुले शिक्षा समिति का सँयोजक दिपेन्द्र थापा लाइ ज्ञापनपत्र बुझाएका हुन् ।
प्याब्सन गौरीगञ्जका सचिव श्याम राजवँशी, स्नोह्वाइट स्कुल प्रिन्सिपल गोपाल प्रसाद राजवंशी, ज्ञानकुञ्ज एकेडेमी का सहायक प्रिन्सिपल उमेश मल्लिक, ज्ञानोदय स्कुलकी प्रिन्सिपल कल्पना थापा, युनिभर्सल एकेडेमी का प्रिन्सिपल कमलेश्वर राजवँशी, मुनलाइट एकेडेमी का प्रिन्सिपल बिजय सिँह लगायतले सँयुक्त रूपमा ज्ञापनपत्र बुझाएका थिए ।