झापाको गौरीगञ्ज गाउँपालिकाले गाउँपालिका स्तरिय माध्यमिक तथा आधारभुत तहको अतिरिक्त कृयाकलापका प्रतिस्पर्धी बिजेता बिद्यार्थीहरुलाइ पुरस्कार बितरण गरेको छ । वडा नँ ६ को खजुरगाछी माबिमा एक औपचारिक कार्यक्रमको आयोजना गरि पुरस्कार बितरण गरिएको हो ।

गाउँपालिकाले सोहि अबसरमा सामुदायिक बिद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत छात्राहरु मध्ये खजुरगाछी माबिमा कक्षा ९ मा अध्ययनरत ६६ जना छात्राहरुलाइ साइकल समेत बितरण गरेको छ ।

अतिरिक्त कृयाकलाप अन्तर्गत माबि तहको हाजिरी जवाफ प्रतियोगितामा प्रथम हुने बालकल्याण माबिका दुर्गा भण्डारी युनिस दाहाल र युनिसा दाहाल त्यसै गरि दोश्रो हुने ज्ञानकुञ्ज एकाडेमीका समिर डोटेल रेणुका कार्की र सुजन पोख्रेल र तेश्रो हुने खजुरगाछी माबिका सेबिका बराल पार्वती हास्दा र आयुसा सुबेदी तथा सान्त्वना स्थान हासिल गर्ने मुनलाइट एकाडेमीका गणीका यादव छबिचन्द्र यादब र रोशन कुमार सिँहलाइ नगद प्रमाण पत्र र मेडल सहित पुरस्कृत गरिएको छ ।
त्यसै गरि निबन्ध लेखन तर्फ प्रथम हुने मुनलाइट एकाडेमीकी गणिका यादब दोश्रो हुने गौरीगञ्ज माबिकी स्मृती ताजपुरिया तेश्रो हुने क्रिमसन स्कुलका निसान्त यादब र सान्त्वना स्थान हासिल गर्ने खजुरगाछी माबिकी सेबिका बराललाइ नगद प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिएको छ ।
बादबिबाद प्रतियोगिता तर्फ प्रथम हुने आदर्श माबिकी हार्दिका राजवँशी दोश्रो हुने खजुरगाछी माबिकी सेबिका बराल तेश्रो हुने ज्ञानकुञ्ज एकाडेमीका समिर डोटेल र सान्त्वना स्थान पाउने मुनलाइट एकाडेमीकी गणिका यादवलाइ पनि नगद प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिएको छ ।
त्यसै गरि बुद्धिचाल प्रतियोगिता तर्फ प्रथम हुने बालकल्याण माबिका युनिस दाहाल दोश्रो हुने ज्ञानकुञ्ज एकाडेमीका साइमन राजवँशी तेश्रो हुने ज्ञानकुञ्ज एकाडेमी कै स्नेहा निरौला र सान्त्वना हुने खजुरगाछी माबिका सुमन श्रेष्ठलाइ पनि नगद प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिएको छ ।
त्यसै गरि आधारभुत तह तर्फको चित्रकला प्रतियोगितामा प्रथम हुने जनकल्याण की रितिका राजवँशी दोश्रो हुने स्नो ह्वाइटकी दिपा साह तेश्रो हुने खजुरगाछी माबिकी बर्षा दास र सान्त्वना तर्फ क्रिमसनका मानसी भारती लाइ नगद प्रमाणपत्र र मेडल सहित पुरस्कृत गरिएको छ ।
आधारभुत तहकै हाजिरि जवाफ तर्फ प्रथम हुने देबकोटा माबिका हेमन्त पाठक गौरबिन्द सिँह गन्गाइ र मोहम्मद साहबाज आलम दोश्रो हुने गौरीगञ्ज माबिका अभिसेक राजवँशी उपेन राजवँशी र दिपिका महतो तेश्रो हुने न्यु युनिभर्सलका नताशा राजवँशी प्रितम राजवँशी र दर्बका अधिकार र सान्त्वना हुने बालकल्याण माबिका धनुषा गोस्वामी अञ्जली साह र अस्मिन कटेल श्रुती लेखन तर्फ प्रथम हुने ज्ञानोदय माबिकी पुष्पा पौडेल दोश्रो हुने ज्ञानकुञ्ज एकेडेमीकी किञ्जल कुँवर तेश्रो हुने देबकोटा माबिकी एजिया श्रेष्ठ र सान्त्वना तर्फ स्नोह्वाइटका सन्दीप कडरियालाइ नगद प्रमाणपञ र मेडल सहित पुरस्कृत गरिएको छ ।
कार्यक्रमकै दौरान गाउँपालिकाले सामुदायिक बिद्यालयहरुमा कक्षा ९ मा अध्ययनरत छात्राहरुलाइ साइकल बितरण गरेको छ । गत मँगलबार गाउँपालिकाले एक सुचना जारि गर्दै पालिका भित्रका ४ बटै सामुदायिक बिद्यालयका कक्षा ९ मा अध्ययनरत सबै छात्राहरुलाइ आज साइकल बितरण गर्ने भनि सुचना जारि गरेपनि गाउँपालिकाले आज खजुरगाछी माबिका ६६ जना छात्राहरुलाइ मात्र साइकल बितरण गरेको छ भने गत मँगलबारको सुचनालाइ आधार मानेर साइकल लिन आएका अन्य तीन वटा सामुदायिक बिद्यालयका छात्राहरु आज निराश भएर घर फर्किएका थिए । पालिकाले अन्य तीन वटा बिद्यालयका कक्षा ९ का छात्राहरुलाइ भोली देखि गाउँपालिका बाटै साइकल बितरण गर्ने बताएको छ ।
गाउँपालिका अध्यक्ष फुलबती राजवँशीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुजन न्यौपाने कुँवर वडाध्यक्षहरु श्रवण गिरी फेका गिरी र बद्री नारायण यादब र न्यायिक समितीका सदस्यहरु गँगा राजवँशी राधा अधिकारी लगायत वडा सदस्यहरु र बिभिन्न बिद्यालयका शिक्षकहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको ब्यवस्थापन अत्यन्तै फितलो देखिएको थियो ।