२६ साउन गौरीगञ्ज । झापाको गौरादह नगरपालिकामा समुदाय स्तरमै २ जना सहित ५ जनामा कोरोनासँक्रमण पुष्टी भएपछी नगरपालिकाका ४ वटा वडाहरु सील गर्ने निर्णय गरिएको छ नगरपालिकामा आज बसेको सर्वपक्षिय बैठकले सो निर्णय गरेको हो ।
गौरादह नगरपालिकाले आज आकस्मिक रुपमा बोलाएको जनप्रतिनिधि ,राजनीतिका दल तथा उद्योग वाणिज्य संगका प्रतिनिधि सहितको सर्वपक्षीय बैठकले समुदाय स्तरमा संक्रमणको जोखिम देखिएको भन्दै आज बेलुका १२ बजेदेखि अर्को सुचना नभए सम्मका लागि वडा न . ६, ७ र ८ का पुरै भाग तथा वडा नं. ५ को स्कुलचौन बजार आसपासको क्षेत्र सिल गर्ने निर्णय गरेको हो।
वडा न. ५ भित्र डोरामारी खोल्सा पश्चिम कार्की चोक पुर्व वडा न. ४ को सिमाना उत्तर तथा पिपल चोक वारपार दक्षिण भाग भित्रको क्षेत्र सिल गर्ने निर्णय गरिएको हो।
साउदीबाट आएर क्वारेन्टाइनमा रहेका ३ जना र सशस्त्र प्रहरी बल इलाममा कार्यरत रही घर आएका २ जनामा संक्रमण देखिएको हो ।
संक्रमितहरुमध्ये एक जना वडा न . ५ का तथा बाकि ४ जना वडा न. ७ का रहेको नगरपालिकाको स्वास्थ्य साखाका सहसंयोजक गोबिन्द श्रेष्ठले जानकारी दिएकाछन् ।
बिदामा घर आएर बसेका दुइ जना सशस्त्र प्रहरीमा सँक्रमण देखिएपछी गौरादह का ४ वटा वडा सील
प्रतिक्रिया लेख्नुहोस्
यो समाचार सेयर गर्नुहोस्