पुस ९ गौरीगञ्ज । झापाको गौरीगञ्ज वडा नँ ५ जनता चोक स्थित सशस्त्र प्रहरी को बोर्डर आउट पोष्ट को नब निर्मित भवनको शुक्रबार उद्घाटन गरिएको छ । सुनसरी नम्बर १ वराह बाहिनी मुख्यालय का बाहिनीपति स.प्र.ना.म.नी. कमल गिरी र गौरीगञ्ज गाउँपालिका का उपाध्यक्ष दिपेन्द्र थापा ले सँयुक्त रूपमा शिलालेख अनावरण गरि सो भवनको उद्घाटन गरेका हुन् ।

अनाबरण गरिदै

उद्घाटन कै अवसर पारेर जग्गा दाता गुरुदेव सिँह गन्गाई लाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ‌। यद्यपि अर्को जग्गादाता लाई भेदभाव गरिएको भन्दै स्थानीय हरुले गुनासो गरेका छन् । सो नवनिर्मित भवन रहेको ८ कट्ठा जग्गा मध्ये ४ कट्ठा गुरुदेव सिँह गन्गाईले र ४ कट्ठा जग्गा कोशी देवी गन्गाई ले दान गरेकोमा गुरुदेव सिँह गन्गाई लाई मात्र सम्मान गरिएको र कोशी देवी गन्गाई को परिवार का सदस्य उद्घाटन समारोहमा उपस्थित रहेपनि उनलाई आसन ग्रहण समेत गराएको भन्दै स्थानीय जत्रु सिँह गन्गाई ले बिरोध गरेका थिए ‌।

सम्मान पत्र प्रदान गरिदै