• जेष्ठ ४, २०७९
  • Madan Rajbanshi
  • 0

जेठ ४ झापा । झापाको बाह्रदशी गाउँपालिकाको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट देबेन्द्र प्रसाद चम्लगाई र उपाध्यक्षमा शान्ता शिवाकोटी खरेल निर्बाचित हुन भएको छ ।
अध्यक्षमा निर्बाचित चम्लागाईले ७ हजार १ सय ४८ मत प्राप्त गरेकाछन् भने उपाध्यक्षमा निर्वाचित खरेलले ६ हजार ६ सय ३६ मत प्राप्त गरेका छन् ।
गठबन्धनका तर्फबाट उम्मेद्वार बनेका नेपाली कांग्रेसका खड्गप्रसाद राजवंशीले ४ हजार ३ सय ६१ मत प्राप्त गरे ।
यता उपाध्यक्षमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेद्वार बनेकी कमला राजवंशीले ४ हजार १ सय ९५ मत प्राप्त गरिन ।
सात वटा वडा रहेको बाह्रदशी गाउँपालिकाको वडा नम्वर १ मा नेपाली कांग्रेसबाट टेकवहादुर सिंह राजवंशी, २ मा भिम वहादुर कार्की, ३ मा टंक साह, ४ मा स्वतन्त्र महताब आलम, ५ मा राप्रपाबाट बीरवहादुर सिंह राजवंशी, ६ मा एमालेबाट रत्न प्रकाश योङ्हाङ्ग र ७ मा नेपाली कांग्रेसबाट भित्रराज भट्टराई निर्वाचित भएका छन् ।‌