
कार्तिक ६, गौरीगञ्ज । अबिरल वर्षाका कारण बाढिको चपेटामा परेको गौरीगञ्ज १ बालुबाडीका २८ पिडित परिवारलाई शुक्रबार राहत वितरण गरिएकोछ । गैर सरकारी सँस्था एसएनजेडी र वडा नँ १ को वडा कार्यालय को सहयोगमा वालुबाडी का पिडित परिवारहरुलाई राहत सामग्री वितरण गरिएको हो ।
प्रति परिवार २५ किलो चामल, १ लिटर खाने तेल, २ किलो नुन, १ किलो दाल र २ थान साबुन सहितको सामग्री वितरण गरिएको हो । राहत बितरण सँगै महाभारा स्वास्थ्य चौकी का स्वास्थ्य कर्मी हरु परिचालन गरि बालुबाडीमा स्वास्थ्य शिविर समेत सम्पन्न गरिएको छ । शिबिर बाट ८८ जना सेवाग्राही हरुले औषधि सहित को स्वास्थ्य सेवा लिएको कुरा वडाध्यक्ष कार्तिक लाल राजवँशी ले जनाएका छन् ।