बैशाख २४ गौरीगञ्ज । उपचाररत बिरामीको मृत्यु पश्चात उत्पन्न भएको परिस्थितीका कारण गत बिहिबार बेलुकी देखि बन्द भएको गौरीगञ्ज आधारभुत अस्पताल आज देखि आँशिक रुपमा सञ्चालनमा आएको छ ।
आज सोमबार बिहान देखि रेफर, नियमित औषधी बितरण , गर्भबती जाँच लगायतका सेवा शुरु भएको कुरा अस्पताल इञ्चार्ज अनुप शर्माले बताएका छन् । आँशिक रुपमा सामान्य सेवाहरु शुरु भएपनि ओपिडी र आकस्मिक सेवा शूरू हुन अझ केहि दिन लाग्ने कुरा स्वास्थ्य शाखा गौरीगञ्जले जनाएको छ । अस्पताल भवनमै सञ्चालित मेची आई केयरको सेवा पनि बन्द रहेको छ ।


हिजो आइतबार बसेको कार्यपालिकाको बैठकले पिडित परिवारलाइ पोष्टमार्टम र किरिया खर्च रु ५० हजार र रु ५ लाख क्षतिपुर्ती दिने निर्णय गरेको कुरा गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत खेम थापाले जनाएका छन् ।
गत बिहिबार स्थानिय रामदेब महतोका १० बर्षिय छोरालाइ बान्ता र पाखाला हुने समस्या देखा परेर बिहान अस्पताल भर्ना भएकोमा करिब ३ घण्टा उनलाइ अस्पतालमा राखि उनलाइ दमक रेफर गरिएको थियो । दमक बाल अस्पताल पुगे लगतै अस्पतालले बालकलाइ मृत घोषणा गरेपछी गौरीगञ्ज अस्पतालको लापरबाहिका कारण बालकको निधन भएको आरोप लगाउदै पिडित पक्षले अस्पताल तोडफोड गरेका थिए भने सोहि दिन पिडित पक्षसँग भएको छलफल पछी उपचारमा सँलग्न चिकित्सकलाइ निलम्बन गरि छनबिन अघि बढाउने र मृतकको पोष्टमार्टम गर्न शबलाइ धरान पठाउने सहमती पछी परिस्थिती साम्य भएको थियो ।