कार्तिक १७ गौरीगञ्ज । गत कार्तिक २ गतेदेखि परेको अबिरल वर्षाका कारण कन्काई नदी मा आएको बाढिका कारण पिडित बनेका गौरीगञ्ज १ का ५७ परिवार लाई नगद राहत बितरण गरिएको छ । जिल्ला प्रसाशन कार्यालय झापाको पहलमा वडा नँ १ का वडाध्यक्ष कार्तिक लाल राजवँशी लगायत वडा सदस्य तथा वडा का कर्मचारीले मँगलबार पिडित क्षेत्रमा गई नगद रु १० लाख ७० हजार वितरण गरेको थियो ।

टप्पु बस्ती का १९ परिवार, झोडाका १६ परिवार, वालुवाडीका १३ परिवार, ईश्वर बस्ती का ६ परिवार र रँङियाथानका ३ पिडित परिवार लाई नगद वितरण गरिएको हो । परिवार सदस्य सँख्या को आधारमा ५ जनाको परिवार लाई २० हजार, २ जना माथि को परिवार लाई १५ हजार र १ जना मात्र को परिवार लाई रु १० हजारको दरले रकम बितरण गरिएको कुरा वडाध्यक्ष राजबँशीले जनाएका छन् ।